सभापतिको दौडबाट 'ब्याक' भए शेखर कोइराला - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सभापतिको दौडबाट ‘ब्याक’ भए शेखर कोइराला



काठमाडौं- नेपाली कांग्रेसको डा. शेखर कोइराला सभापतिको दाबी छाड्न सहमत भएका छन् । संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने शर्तमा उनी ब्याक हुने भएका हुन् ।

कोइरालाले आफूनिकट जिल्ला सभापतिहरूसँगको परामर्शपछि यस्तो निर्णय गरेको बताइएको छ । पौडेललाई साझा उम्मेदवार बनाएर संस्थापनसँग भिड्न बहुसंख्यक केन्द्रीय सदस्यले गरेको आग्रहपछि शेखर पछि हट्न तयार भएका हुन् ।

अनुपम फूडल्यान्ड बत्तीसपुतलीमा बिहीवार बसेको संस्थापनइतरका केन्द्रीय सदस्यको बैठकले पौडेललाई साझा उम्मेदवार बनाएर प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्यहरूले प्रकाशमान सिंह समेतलाई मनाएर साझा उम्मेदवार बनाउने निर्णय गरेका थिए । प्रकाशमान उम्मेदवार बन्ने अवस्थामा भने रामचन्द्रको सट्टा डा. शेखर कोइराला उम्मेदवार बन्ने सम्भावना छ ।

‘प्रकाशमानलाई समेत मनाएर सभापतिको साझा उम्मेदवारको रूपमा पौडेललाई अघि सार्ने सहमति भएको छ, प्रकाशमानले नमाने आ–आफ्नै ढंगले लड्ने कुरा भएको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।

सभापतिमा लड्न भन्दै शेखरले लामो समयदेखि तयारी गर्दै आएका छन् ।रामचन्द्र पौडेल सभापतिको साझा उम्मेदवार बनेमा सभापतिको दाबी गरिरहेका शेखर, प्रकाशमान र डा. शशांक कोइराला पदाधिकारीमा बसेर साझा प्यानल बनाउने तयारी छ ।