डा. शेखर कोइराला अस्पताल भर्ना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

डा. शेखर कोइराला अस्पताल भर्ना



काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड पोजेटिभ देखिएको छ । कोइरालालाई ज्वरो आएपछि आज बिहान ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो ।

उनलाई आज बिहान ५ बजे अस्पताल लगिएको उनका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले बताए । अस्पताल पुर्‍याएर पीसीआर चेक गर्दा उनमा कोभिड पोजेटिभ देखिएको हो । उनको ग्राण्डीको कोभिड आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

केही दिनअघि बारा, पर्साको कार्यक्रममा सहभागी भइ कोइराला काठमाडौंँ फर्किएका थिए । विराटनगरको कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जाने तय भएपनि कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।