अन्तत: गठबन्धनको पक्षमा खुले शेखर कोइराला - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अन्तत: गठबन्धनको पक्षमा खुले शेखर कोइराला



काठमाडौं- आम निर्वाचनको चहलपहल बढ्दै जाँदा नेपाली काँग्रेसभित्र फेरि गठबन्धनको विषयमा मन्थन हुन थालेको छ । तर यस पटक भने कांग्रेस नेता शेखर कोइराला पनि गठबन्धनको पक्षमा देखिएका छन् ।

यसअघि गठबन्धनको चर्को विरोध गर्ने कोइरालाले अहिले भने अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन गर्न नहुने भन्दै दुरगामी सोचका साथ् गठबन्धन गर्न नेतृत्वलाई आग्रह गरे ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले दुरगामी सोचका साथ गठबन्धन गर्नुपर्ने बताए ।

कोइरालाले अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा नरहेको दावी समेत गरेका छन् । उनले भनेका छन्, ‘मधेसका जिल्लाका सभापतिहरू समेत गठबन्धनको पक्षमा छैनन् । तर गठबन्धन नै गर्नुपर्ने अवस्था आए भने न्यूनतम सिट दिएर मात्रै गठबन्धन गर्नुपर्छ ।’ उनले गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर काँग्रेसले अगाडि बढ्नु पर्नै बताए ।

कोइरालाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले मुलुकको राजनीतिमा गडबडी ल्याएको बताए । कोइराला सुरू देखि नै गठबन्धनको विपक्षमा उभिँदै आएका छन् ।