शेरधन राईलाई पति दाबी गर्दै अदालतमा मुद्दा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

शेरधन राईलाई पति दाबी गर्दै अदालतमा मुद्दा



काठमाडौं– सत्तारुढ नेकपाका नेता तथा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्दै अदालतमा मुद्दा दर्ता भएको छ।

एक महिलाले आफ्नो पति दाबी गर्दैअदालतमा अंश मुद्दा दायर गरेकी छन् ।

दोलखा घर भएको बताउँने बालिका खड्काले मुख्यमन्त्री राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार शुक्रबार दिउँसो बालिका खड्का (राई) नाम गरेकी महिलाले राईविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

खड्काले राईले आफूसँग विवाह गरेको र पछि घरेलु हिंसा गर्ने गरेको पनि उजुरीमा उल्लेख गरेकी छन् ।

उनले मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफूलाई अंशबण्डा गरिनुपर्ने मागदाबी गरेकी छन् ।