शेरधन राईलाई हराएर सुधन किराँती उदाए - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

शेरधन राईलाई हराएर सुधन किराँती उदाए



भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका किरातीले प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै ह्याट्रिक गरे ।

भर्खरै सम्पन्त गणनाको नतिजा अनुसार सुदनले २८५७५ मत पाउँदा शेरधन २६१९३ मा रोकिए । दुईजनाबीचको मतान्तर २३८५ छ । सुदन र शेरधनबीच भोजपुरमा यो तेस्रो प्रतिस्पर्धा हो ।

यसअघि शेरधनलाई सुदनले ६४ को संविधानसभा निर्वाचनमा पराजित गरेका थिए । दोस्रो संविधानसभामा शेरधन विजयी भए । ७४ मा वाम गठबन्धनबाट सुदन संघमा र शेरधनले प्रदेशमा जितेका थिए ।

२०४८ सालसहित भोजपुरबाट ह्याट्रिक गरिसकेका शेरधन राईको चौथो जितमा यसपटक ब्रेक लागेको छ ।

प्रदेशसभातर्फ १ मा नेकपा एसका सचिव एवं मुख्यमन्त्री राजेन्द्रकुमार राई र २ मा कांग्रेस जिल्ला सभापति विनोद बान्तवाले जितिसकेका छन् ।