शिकारबाट सवा ३ करोड राजस्व - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शिकारबाट सवा ३ करोड राजस्व



काठमाडौं- ढोरपाटन शिकार आरक्षणमा विदेशीले शिकार खेलेबापत ३ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

२०७५/७६ को पहिलो सिजन (असोज–मंसिर) मा १ करोड ९ लाख र दोस्रो सिजन (फागुन–वैशाख) मा २ करोड ११ लाख रुपैयाँ उठेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठका अनुसार पहिलो सिजनमा नाउर १० र झारल ६ वटा शिकार खेल्न अनुमति दिइएको थियो । दोस्रो सिजनमा नाउर १० र झारल ४ वटा थिए ।

यो समाचार आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।