चर्चामा नायिका शिल्पा र विक्रमको प्रेम (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चर्चामा नायिका शिल्पा र विक्रमको प्रेम (भिडियो सहित)



समीर प्रकाश पाण्डे

गायिका शशी रावल र होम पुन मगरको आवाज मा रहेको गीत “चौबन्दीको तुना ” छिटो समयमै चर्चामा आएको छ र उक्त गीत मा नायिका शिल्पा पोख्रेल र मोडल विक्रम बुढाथोकीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

माया प्रेममा जवानीको कुरा हरू आउने गर्छन् यस्तै यो गीतमा पनि विक्रम र शिल्पालाई प्रेमीको रूपमा प्रस्तुति गरिएको छ दुवै जनालाई जवानीले झुम बनाएको छ शिल्पाले बिक्रमालाई तिमी बाहेक अरू मेरो कोही छैन सिन्दूर लगाई दिन आग्रह गर्दै छिन भने विक्रम परतीको रोग लाग्यो निको पनि हुन्न भन्दै छन् गीतको भिडियोलाई निकै रमाइलो तरिकाले बनाउन खोजिएको छ । गीत पछिल्लो गीत संङ्गीतको बजारमा निकै चर्चामा छ ।

धेरै मेहनत गरेको कारण दर्शक श्रोताको मन जित्नेमा गायक / गायिका आशावादी छन् । उत्कृष्ट गीत भएको कारण पनि भिडियो राम्रो बनेको मोडल विक्रम बताउँछन् । विक्रम बुढाथोकी पछिल्लो समय नेपाली गीत सङ्गीतमा सर्वाधिक रुचाइएका मोडेल हुन ।

गीतमा शब्द मधुसुधन डाँगी र सङ्गीत हरि थापाको रहेको छ यस्तै भिडियोलाई उत्सब दाहालको छायाङ्कन प्रविन भट्टको सम्पादनमा बब्बु थापाले निर्देशन गरेका छन् । गीतलाई वान वे फिल्म्स ले बजारमा ल्याएको छ ।