साधारण तारेखमा रिहा भइन नायिका शिल्पा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

साधारण तारेखमा रिहा भइन नायिका शिल्पा



काठमाडौं । बहुविवाहको मुद्दा खेपिरहेकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन् । शिल्पालाई आज न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

निर्माता छविराज ओझासँगको बहुविवाहको मुद्दामा उजुरी परेपछि नायिका पोखरेल प्रहरीको खोजी सूचीमा थिइन् । उनी आज जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी थिइन् ।

अदालतले छवि ओझा र ओझाकी पूर्व श्रीमति उजुरीकर्ता हेमा ओझाबीच अंशबण्डा भइसकेकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा नै प्रतिवादी शिल्पालाई दोषी मान्न सकिने ठहर गर्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । 

छविराज ओझा र शिल्पाले २०७३ असारमा बिहे गरेका थिए ।