देउवाले निवासमै बैठक राखेपछि प्रकाशमान ‘फायर’ « Himal Post | Online News Revolution
Logo

देउवाले निवासमै बैठक राखेपछि प्रकाशमान ‘फायर’



काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा केन्द्रीय समितिको बैठक राखेको भन्दै आपत्ति जनाएका छन् ।

जिल्ला कार्यसमिति, काठमाडौंले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देउवाको व्यवहारप्रति असन्तुष्ट जनाएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भनेम ‘पार्टी केन्द्रीय कार्यसमितिको बैठक कार्यालयमा राख्नु पर्‍यो नि, ‘बूढानीलकण्ठ हामीले नदेखेको हो र भन्या ?’

सुरूमा सानेपा भनेर बैठक आह्वान गरेको भए पनि अन्तिम समयमा बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक बोलाइएको थियो ।

नेता सिंहले पछिल्लो समय देउवाप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।