शीर्ष नेतासहित संवैधानिक अंगका प्रमुखसँग राष्ट्रपतिको छलफल सुरु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

शीर्ष नेतासहित संवैधानिक अंगका प्रमुखसँग राष्ट्रपतिको छलफल सुरु



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आमन्त्रण गरेको रात्रिभोजमा सरिक हुन राजनीतिक दलका शीर्ष नेताहरु र संवैधानिक अंगका प्रमुखहरू राष्ट्रपति भवन शितल निवासमा पुगेका छन् ।

विविध विषयमा छलफल गर्न र पछील्लो समय अखण्डताको मुद्दामा राष्ट्रिय एकता कायम गरेकोमा बधाई दिन भन्दै बोलाइएको उक्त छलफल शितल निवासमा सुरू भएको छ ।

कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिपतिले राजनीतिक दलका शीर्ष नेतासहित संवैधानिक अंगका प्रमुखहरुलाई निम्तो दिएकी थिइन्।