चर्चित प्रशिक्षक तथा उत्प्रेरक शिव खेरा नेपाल आउँदै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चर्चित प्रशिक्षक तथा उत्प्रेरक शिव खेरा नेपाल आउँदै



काठमाडौँ–विश्वका धेरै देशहरूमा आफ्नो छुट्टै सिकाइ सम्बन्धी विधिको सञ्जाल बिस्तार गरेका चर्चित प्रशिक्षक तथा उत्प्रेरक वक्ता शिव खेरा नेपाल आउने भएका छन् ।

सक्सेस विधि नामक संस्थाले उनलाई नेपाल ल्याउने भएको हो । पछिल्लो पल्टको यु क्यान वी न लिडरसिप कार्यक्रमपछि उनलाई फेरी नेपाल ल्याउने भएको हो।

सेक्टेम्बर ७ मा सोल्टी होटलमा राखिएको कार्यक्रमको लागि आबेदन खुला गरिएको छ ।

उक्त संस्थाले यो भन्दा अगाडी पनि शिव खेरालाई नेपाल ल्याएर २ सय भन्दा बढीलाई वर्कसप ट्रेनिङ प्रदान गरेको थियो। नेपालका उद्योगी व्यापारी, मार्केटिङ पर्सन, बैंकर्स, बिमा कम्पनीमा काम गर्नेहरू तथा नयाँ काम गर्न खोज्नेहरूमा उनको ठुलो डिमाण्ड भएकोले नेपाल ल्याउन लागिएको सक्सेस विधिका संस्थापक अशिम कडरियाले बताएका छन् ।

को हुन् शिव खेरा ?

शिव खेरा अन्तर्राष्ट्रिय स्तरका ठुला ठुला कम्पनी र संस्थाहरूका परामर्शदाता, र प्रख्यात वक्ता हुन् । खेराका केही पुस्तकले वेस्ट सेलर अवार्ड पाएका छन् भने दुनियाँ भरी उनका कार्यक्रम भैरहन्छन। उनका ख्यातिप्राप्त कार्यक्रम ब्लुप्रिंट फर सक्सेस, लिडरशिप प्रोग्राम, क्वालिफाइड लर्निंग सिस्टम, यु क्यान विन, यु क्यान सेल, सेज नो टू यस, पोजेटिभ प्यारेंटिंग प्रोग्राम, गेन एन्ड रिटर्न कस्टमर, टाइम म्यानेजमेन्ट लगायत दर्जनौँ कार्यक्रम संसारभर भइरहेका हुन्छन्।

यु क्यान विन, यु क्यान एचिभ, यु क्यान सेल, फ्रिडम इज नट फ्री लगायतका पुस्तकका लेखक खेराका पुस्तकहरू विश्वका २१ विभिन्न भाषाहरूमा अनुवाद गरिएका छन् भने ८० लाख भन्दा बढी प्रति बिक्री भएका छन्।

संसारभरका लाखौँ व्यापारी, बैंकर्स, उद्योगपति र एजेन्टहरूले उनको ट्रेनिङ लिइसकेका छन्। खास कुरा त के भने उनको प्रशिक्षण लिने ९० प्रतिशत व्यक्ति आफ्नो क्षेत्रमा सफल भएको आँकडा सार्वजनिक भएको थियो।

ख्यातिप्राप्त कम्पनीहरू टाटा, मर्सडिज बेन्च, जिलेट, आइ बि एम, नस्ले, फिलिप्स,डी एह एल, एच पी जस्ता दर्जनौँ कम्पनी उनका क्लाइनट हुन् ।

मार्केटिङ र सेल्सका विषयमा नेपालमा पनि उनका लाखौँ फ्यान छन्। लायन्स र रोटरी इन्टरनेसनलको मुख्य प्रशिक्षक सम्म रहेका खेराले १० भन्दा बढी देशमा आफ्नो सिकाइको छुट्टै सिस्टम नै चलाएका छन् ।