साथीहरू गैँडा मलाई होइन मेरो साइजलाई भनेको हुन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

साथीहरू गैँडा मलाई होइन मेरो साइजलाई भनेको हुन



नेपाली कलाकारिता क्षेत्रमा सक्रिय गीत सङ्गीतका सुभचिन्तक झट्ट हेर्दा चलचित्र जतगका भिलेन जस्तै देखिने ब्याक्तिलाई तपाईँ कतै देख्नु भयो भने उनी गीतकार तथा सङ्गीतकार शिव पी. सुबेदी हुन सक्छन्। मिति २०४१/०९/२८मा पिता खेम नारायण सुबेदी र मनकला सुबेदीको कोखबाट जन्मिएका उनी २०६२ सालमा आफ्नो पहिलो प्रस्तुति सुनकोशीको तिरमा बसी भने बोलको गीत लिएर यस क्षेत्रमा प्रवेश गरेका हुन । त्यस पछी  उनको सङ्गीत तथा शब्दमा रहेका तिमी लाई माया गर्नू , सुन किन्न सक्नेले , ढोल बज्यो, यो मन जलेको, किन तिमीले मलाई खोक्रो खोक्रो भयो जिन्दगी  जस्ता थुप्रै गीत चर्चित पनि भए तर पछिल्लो समय अल्लि कम देखिन थालेका छन् सुबेदी यस क्षेत्रमा । हाल अनि कतारमा छन् ।

प्रस्तुत छ उनै सुबेदीसँग हिमाल पोस्टका लागि  समीर प्रकाश पाण्डेले गरेको कुराकानी ।

हिमाल पोस्टमा स्वागत छ सुबेदी जी ?
धन्यवाद समीर अनि हिमाल पोस्ट युनिट लाई

-कसरी चल्दै छ जिन्दगी ? के मा व्यस्त हुनुहुन्छ पछिल्लो समय अल्लिक कम देखिन थाल्नु भएको छ यो क्षेत्रमा ?
दिन पछि रात अनि रात पछि दिन को प्रतीक्षा गर्दै सुखको जिन्दगी जिउनको लागी सफलता मार्गको पछि लाग्दै बितेको छ । अलि कार्य व्यस्तताले गर्दा कमी आएको हो हराएको त छैन है ।

– कलाकारिताले नपुगेर कतार तिर लाग्नु भएको  हो ?
हाहाहाहहाहा कलाकारिता केवल नामको लागि साथमा राखेको छु । कतार मेरो ३ महिना ६ महिनामा आउने जाने भइराख्छ  ।परदेशमा मेरो सानो आफ्नो काम त्यही कामको सिलसिलामा अहिले  यता नै  छु ।

-कत्तिको गाह्रो हुँदो रैछ परदेशबाट यो क्षेत्रमा काम गर्न ?
हामी गीतको शब्द र सङ्गीत भर्ने काम मात्र भएकोले त्यति गाह्रो हुँदैन ।

यो क्षेत्रमा लागेर के पाउनु भो के गुमाए जस्तो लाग्छ ?
आफ्नो नामको अगाडी सर्जक पाए, केही थान दर्शक कमाए आज सम्म केही गुमाएको अन्भुती भएको छैन ।

-गीत सङ्गीत सँगै सामाजिक संझालमा पनि निकै सक्रिय हुनु हुन्छ धेरै सँग जिस्केको देख्छु घरमा भाउजूले कत्तिको संङ्का गर्नु हुन्छ  ?
समीर जी, धेरै सँग जिस्किएको भन्दा नि धेरैको खेदो चैँ गरेको हुन्छु अनि झुटकोलाई झुट भनेर कमेन्ट गर्ने र चिल्लो नघसी कमेन्टबाट प्रहार र प्रतिकार गर्ने गरेको छु । संङ्का त नारीको एउटा शस्त्र नै हो बेला बेलामा प्रहार हुन्छ नि ।

फरक पाटो …. ..

-भाउजूलाई मायाले बोलाउँदा के भनेर बोलाउनु हुन्छ ?
काली भन्छु उनी भुतुक्कै हुन्छिन् ।

– भाउजूको मन पर्ने बानी ?
मेरी बुढी रिसाउँदा नि हास्छिन ।

पहिलो प्रेमिकाको नाम के थियो ?
प्रमीला

-ठ्याक्कै कति के.जी हुनुहुन्छ कसैले गैँडा भनेर बोलाउँदा कस्तो लाग्छ?
८६ के जी आज को दिन सम्म । यसमा रिसाउनु पर्ने केही लाग्दैन साथीहरू गैँडा भन्दा मलाई होइन मेरो साइजलाई भनेको हुन हाहाहहाहा

-सेक्समा प्रेम कि प्रेममा सेक्स?
समीर जी बोतलमा पानी कि पानीमा बोतल भनेजस्तै हो  नि ,हैन र र ? १००% प्रेम पछि सेक्स हो

-आफूले आफूलाई म केको लागि जन्मिए जस्तो लाग्छ ?
हजुरहरू सबैको माया पाउनको लागि  ।

-अत्यमा 
सबैको माया सधैँ पाई राखु । नयाँ आउने सोच रहेका सबै कलाकारले यो क्षेत्रलाई नजिकबाट निहालेर मात्र आउनु होला किन् कि झट्ट हेर्दा चमक्क चमकिने बस्तु सबै हिरा हुदैन्न । आफ्नो विधामा पोक्त भएर लाग्नु होला । मेरो लागि हिमाल पोस्टमा  समय दिनु भएकोमा विशेष धन्यवाद ।