स्कुले कर्मचारीको तलब रु दुई हजार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्कुले कर्मचारीको तलब रु दुई हजार



 हिमाल पोष्ट / काठमाडौँ, ११ मङ्सिर । के एउटा नागरिकले मासिक रु दुई हजारको तलबबाट जीवन गुजारा गर्न सक्छ ?
‘नन टिचिङ’ कर्मचारीका रुपमा परिचित सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले यो विडम्बना भोग्नुपरिरहेको छ ।
विद्यालय कर्मचारी सङ्गठन नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशका विभिन्न जिल्लामा ३३ हजारको सङ्ख्यामा कार्यरत कर्मचारी तथा सहयोगीको तलब स्केल ऐनमा व्यवस्था भएभन्दा निकै थोरै भएको र सेवासुविधा पनि उपलब्ध नगराइएको गुनासो गरिएको छ ।
उनीहरुले कार्यालय सहयोगीलाई मासिक रु दुई हजारदेखि बढीमा सात हजार ५०० मात्र दिने गरिएको तथा लेखापाललाई रु ११ हजार ५०० तलब तोकिएकामा आफूहरुलाई मात्र विभेदमा पारिएको बताउनुभयो ।

सङ्गठनका अध्यक्ष शङ्करप्रसाद ढकालले निजामती कर्मचारी वा शिक्षकसरह विद्यालय कर्मचारीलाई पनि सेवा, सर्त तथा सुविधाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले २०७३ असारअघि नियुक्ति पाई सेवा गरिरहेका सम्पूर्ण कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने, विद्यालय कर्मचारीलाई पनि बिमा, पोसाक, महँगी भत्ता, औषधोपचार खर्च, बिरामी र घरबिदाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्गठनका महासचिव रतनबहादुर सिंहले शिक्षक आन्दोलनका क्रममा २०३६ देखिको आन्दोलनमा घाइते भएका र सहादत प्राप्त गरेका परिवारलाई जीवनवृत्ति तथा मृतकका आफन्तलाई उपदानको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । रासस