अष्ट्रेलियाबाट आयो नेपाली सर्ट फिल्म ‘माया’ - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

अष्ट्रेलियाबाट आयो नेपाली सर्ट फिल्म ‘माया’



काठमाडौं, १८ जेठ

 

अष्ट्रेलियामा सक्रिय सुरेन्स फोटोग्राफी एण्ड टिम अर्थात स्टाट प्रो इन्टरटेन्मेन्टले ‘माया’ शीर्षकको सर्ट फिल्म तयार पारेको छ । युट्युबमार्फत प्रिमियर गरिएको उक्त फिल्मले मायाको परिभाषालाई चित्रण गरेको छ । दुई अक्षरले बनेको शब्द मायाका विभिन्न परिभाषाहरु मध्येको एक अर्थातमा मायामा प्रतिक्षा पनि अनिवार्य हुन्छ भन्ने सन्देश बोकेको यो फिल्मको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन् । करिव १० मिनेट लामो यो फिल्ममा तीन जना कलाकारले आकर्षक अभिनय गरेका छन् । स्याट प्रो ईन्टरटेन्मेन्टले यस पिपुल स्टडीसंग सहकार्य गर्दै यो फिल्म निर्माण गरेको हो ।

छोटो समयमै थुप्रै म्युजिक भिडियो तथा एउटा सर्ट फिल्न निर्माण गरिसकेको सुरेन्स फोटोग्राफी एण्ड टिमको यो दोश्रो सर्ट फिल्ममा निर्देशक सुरेन श्रेष्ठले नै मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्मको कथा, पटकथा तथा सम्बाद पनि निर्देशक श्रेष्ठले नै तयार पारेका हुन् । अभिनेता श्रेष्ठलाई निकिशा दाहाल तथा प्रेरणा थापाले अभिनयमा साथ दिएका छन् ।

रोमाञ्चक शैलीबाट प्रारम्भ हुने यो फिल्मको कथा बिस्तारै रोमान्टिक बन्दै जान्छ । टेक बयलकोटीद्वारा सम्पादन तथा छायांकन गरिएको यो फिल्मको क्लाइमेक्स पनि उत्तिकै रोचक छ । निर्देशक श्रेष्ठले फिल्मको सिक्वेलका लागि कथालाई रोमाञ्चक शैलीमा बिट मार्ने प्रयास गरेका छन् । ‘मायाको भाग २ केही साताभित्रै प्रदर्शन हुनेछ, निर्देशक श्रेष्ठ भन्छन्–‘सिक्वेलमा दर्शकले अझै रोमाञ्चक कथावस्तु तथा प्रस्तुती पाउनु हुनेछ ।’

अष्टे«लियाकै यस पिपुल स्टडीले मुख्य प्रायोजन गरेको यो फिल्मको अन्त्यमा गायक तथा अभिनेता यस कुमारले आकर्षक शैलीमा मायालाई परिभाषित गरेको सम्वाद समावेश गरिएको छ ।