लघुकथा : अबुझ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

लघुकथा : अबुझ



 दिपेन्द्र खड्का

” जहिले पनि हिडेको छ हिडेको छ । अब त बिहे गर्नु पर्छ । इज्जतको पनि ख्याल राख्नु पर्छ । – फ़त्फ़ताउदै रोशनीको आमा बोल्नु भयो ।

” कति किच किच गर्नु भएको हो । आफ्ना छोरा छोरीले नाम कमाउन खुसी भएर हिडेको देख्न नसक्ने कस्तो आमा तपाईँ ? के मैले अब केही नगरी बिहे गर्नु पर्ने ? यो कस्तो माया हो तपाईँको ? चाडै बिहे गरेर पछुताउनु छैन मैले ? गर्दिन म बिहे सिहे ? जसलाई गर्नु मन छ उसैले गर्नु बिहे । – रिसाउदै घर भित्र पसिन रोसनी ।

” कहिले नाच भनेको छ ? कहिले शूट भनेको छ ? कहिले घुम्न भनेको छ ? के हो पारा यो ? अब कहीँ जाने होइन खुरुक्क बिहे गरेर घरजम गर्नु पर्छ ?

आमाको कुराले रोशनी दिन दिनै थाकीसकेकी थिइन । रुन्चे मुहार लगाएर कपडा पोको पारेर बसिन । २० वर्ष काटेपछि बिहे गर्ने तर यो जमानामा कसले गर्छ चाडै बिहे आमाको कुरा प्रति घोर विरोध गर्थिन रोशनी । धर्तीमा जन्मे पछि केही गरेर मात्र मर्छु भने हेक्का थियो रोशनीको तर दुरदर्शा त्यो सफल हुन सकेन रोशनीको ।

” रुदै आईरहेकी थिइन सपना ! ” के भयो सपना – रोशनीको आमा बोल्नु भयो ।

” हेर्नु न ठुली आमा ! म बिहे गर्दिन । केही गर्नु छ मैले , धेरै मेहनत लगाएर नृत्य सिकेको छु धेरै ठाउँ बाट अफरहरु आइरहेको छ नृत्य गर्नलाई । त्यस्तो राम्रो राम्रो काममा जान पाउँदा मलाई जहिले पनि मम्मीले गाली गर्नु हुन्छ कहीँ पनि जान दिनु हुँदैन । – रुन्चे स्वरमा सपना बोलीन ।

” ल म कुरा गर्छु तिम्रो मम्मी सँग हिड जाऊ । ” – रोशनीको आमा बोल्नु भयो ।

” होइन तपाईँ जानु न । म जान्न अहिले फेरी कराउनु हुन्छ । तपाईँले राम्रो सँग सम्झाई दिनु न ठुली आमा यदि मान्नु भयो भने ठिकै छ नत्र यो सपना यो संसार छोडेर जान्छे रे भनी दिनु । – भाबुक भएर बोलीन सपना ।

” धईत लाटी ! त्यस्तो कुरा पनि गर्छन् कहीँ ” – केही क्षण रोशनीको बारेमा सम्झिनु भयो । झस्किनु भयो । सरासर सपनाको घरतिर लाग्नु भयो ।

आगनमा खोलेको भाडो थियो । सपनाको मम्मीले गोठ बाट गोरु खोलेर लिएर आउनु भयो । गुरुले खोले मजाले खादै थियो ।

” हैन कहाँ हिड्नु भयो दिदी ? कति कामले पाल्नु भयो ? – खोलेको भाडो समाउदै सपनाको मम्मी बोल्नु भयो ।

” खै त सपना त देख्दिन नि ? कहाँ गई ? – टुसुक्क पेटीमा बस्दै रोशनीको आमा बोल्नु भयो ।

” खै कहाँ गएकी होलिनी मालिक्नी काम छैन ।

लखर लखर हिडेको छ नाच भनेको छ खै के के हो के के ? बिग्रेर गन्हाउन लागी सकी कुकुर्नी ? कुन दिनमा चैँ जन्म दिएछु ? गाउँ भरिकाले बिग्रिन्छे अब भन्छन् ? – सपनाकी मम्मी बोल्नु भयो ।

” किन त्यति साह्रो गाली गर्छेस हौ । केही गर्छु भनेको त राम्रो हो नि जन्मे पछि केही गर्न दिनु पर्छ गाली नगर है ।

धेरै अबुझ न भो त बुझिस । तलाई त थाहा नै छ मैले पनि रोशनीलाई केही गर्न नदिएको परिणाम उसले यो संसार बाट नै बिदा भएर गई । ” त्यसैले सपनाले मलाई सबै कुरा भन्दा खेरि मेरी छोरीको झल्झली याद आयो । मुटु भक्कानिएर आयो । बुझ्ने प्रयास गर जे गर्छे राम्रैको लागी त गर्छे नि उसलाई पनि थाहा छ नि यो गर्दा खराब हुन्छ त्यो गर्दा राम्रो हुन्छ भन्ने । हेर माईली आमाले नै हो सबै कुरा बुझ्ने त्यही भएर अबुझ बन्ने प्रयास नगर है । मेरो अबुझको परिणामले आज छोरीको तस्बिर हेरेर रुने गर्छु । – विह्वल बन्दै रोशनीको आमा बोल्नु भयो । सपनाको आमाको मन पनि झसंग भयो ।