७९ जना सवार श्री एयरको विमानमा एक्कासी धुँवा देखियो, आकस्मिक अवतरण - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

७९ जना सवार श्री एयरको विमानमा एक्कासी धुँवा देखियो, आकस्मिक अवतरण



नेपालगञ्ज – उडिरहेको श्री एयरलाइन्सको विमानको इन्जिनमा एक्कासी धुँवा देखिएपछि नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ।

श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्सले जनाएको छ । विमान नेपालगञ्जबाट काठमाडौँका लागि उडेको थियो ।

सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए। बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको हो।

विमानमा रहेका चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन्।