काठमाण्डौमा श्री एयरको हेलिकप्टर दुर्घटना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काठमाण्डौमा श्री एयरको हेलिकप्टर दुर्घटना



काठमाडौं, कात्तिक २० – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरको हेलिकप्टर उड्ने क्रममा दुर्घटना भएको छ । जिरीको लागि उड्न लागेको 9N-LLF हेलिकप्टरको पछाडीको भाग ढिस्कोमा छोएको श्री एयर कर्पोरेटका निर्देशक अनिल मानन्धरले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनाबाट हेलिकोप्टरको पछाडीको भागमा सामान्य क्षति पुगेको छ । हेलिकप्टरमा कोही पनि यात्रु थिएनन् । टर्किस एयरको विमान अगाडि रहेकाले पछाडीबाट हेलिकप्टर उडाउन खोज्दा दुर्घटना भएको उहाँले बताउनुभयो ।

@Ujyaaloonline.com