लघुकथा: श्रीमान र श्रीमती - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

लघुकथा: श्रीमान र श्रीमती



अमर श्रेष्ठ
“ओई सुन्दिनस्, छिटो ढोका खोल भनेको” आधारातमा मातेको श्रीमान, ढोका छिटो नखोलेकोमा रिसाउंदै थिए।
“किन ढिला गरिस्, कोसँग थीइस् भित्र ?” – भित्र छिर्नासाथै लाञ्छना लाउन थालिहाल्यो लोग्ने भनाउँदो।
“आज पनि मातेर आउनुभयो है ?” – श्रीमानको लान्छनालाई बेवास्ता गर्दै भनिन्।
“बढ्ता बोल्छेस्, अहिले तलाई………” – भन्दै दाह्रा किट्न थाल्यो। “हात धोएर आउनुस्, खाना पस्किदिन्छु” “खान्न म भातसात, तैं खा, तेरो नाठोलाई नि ख्वा…..” – उ अझै निहु खोज्दै थियो।
श्रीमती केही नबोली खाना तताउन गइन्, थालमा पस्केर ल्याउँदासम्म श्रीमान बसेकै ठाउँमा निदाइसकेको थियो !!