घरायसी विवादका कारण श्रीमानले गरे श्रीमतीको हत्या - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

घरायसी विवादका कारण श्रीमानले गरे श्रीमतीको हत्या



सप्तरी, मंसिर १३

घरायसी विवादका कारण बुधबार सप्तरीको शम्भुनाथ नगरपालिका ३ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  स्थानीय महेश पाण्डेले घरायसी विषयमा विवाद हुँदा ओखलको फलामे मुसलले टाउकोमा हानेर श्रीमती कुसुमदेवी पाण्डेको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

फलामे मुस्लोले हान्दा निधारमा गहिरो चोट लागेकी कुसुमको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारको लागि कोशी उस्पताल विराटनगर लगिएको थियो । तर उहाँको उपचारको क्रममा ज्यान गएको हो । श्रीमान महेशलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता धु्रवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।