नारायणकाजीले पाए पार्टी अध्यक्षको जिम्मेवारी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नारायणकाजीले पाए पार्टी अध्यक्षको जिम्मेवारी



काठमाडौं- माओवादी पार्टी चलाउने जिम्मा नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने भ्रमणका लागि जापान प्रस्थान गरेपछि पार्टी चलाउने जिम्मा उनलाई दिइएको हो ।

आफू जापान भ्रमणमा जाने भएपछि यो समयमा प्रचण्डले पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएको बताइएको छ ।

प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका हुन्। उनको साथमा स्वकीय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल, सूर्य किरणसमेत रहेका छन्।

प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नेछन्। अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ वर्ष पूरा हुँदे छ। अगस्ट ७ आइतबार अध्यक्ष प्रचण्डले हिरोसिमा भ्रमण गर्ने भ्रमण तालिका छ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ गएका प्रचण्डले आइतबार टोकियोमा हुने नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ अन्तरक्रियामा प्रमुख अतिथिका रूपमा सहभागी बन्नेछन्।

प्रचण्डको सचिवालयले जनाए अनुसार जापानमा रहँदा जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि प्रचण्डको भेटवार्ताको कार्यक्रम छ।