शोभालक्ष्मीको स्मृतिमा परिवारजनले बनाए त्रिवेणीघाटमा १५ लाख लगानीमा प्रतिक्षालय - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

शोभालक्ष्मीको स्मृतिमा परिवारजनले बनाए त्रिवेणीघाटमा १५ लाख लगानीमा प्रतिक्षालय



बुटवल । स्व. शोभालक्ष्मी श्रेष्ठको स्मृतिमा परिवारजनले त्रिवेणी घाटमा प्रतिक्षालयको स्थापना गरेका छन् । बिनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ नवलपरासीको त्रिवेणी घाटमा प्रतिक्षालय स्थापना गरीएको हो । प्रतिक्षालयको सोमबारे औँषिको अवसर पारेर सोमबार उद्घाटन गरीएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मुक्तिनाथ धाम का प्रमुख संरक्षक स्वामी लोकानन्दले आफ्ना आफन्तको सम्झनामा गरिने यस्ता क्रियाकलापले मृतकको आत्माशान्ती हुने बताए ।

करिब १५ लाख लागतमा बनेको उक्त प्रतिक्षालको आयु ६० वर्ष भएको बताउँदै शब जलाउन आउनेहरुको लागी बस्ने स्थानको अभाव भएकोले प्रतिक्षालय निर्माण गरीएको स्व. श्रेष्ठका भाई मुक्ति प्रसाद श्रेष्ठले बताए ।

उनले शब जलाउन आएका ब्यक्तिहरु हावापानीबाट बच्नको लागी प्रतिक्षालय निर्माण गरीएको उनले जानकारी दिए ।

कार्यक्रममा सोही वडाका पूर्व वडा अध्यक्ष मोतीलाल ढकाल, कृष्ण प्रपन्नाचार्य, पत्रकार आर पि उपाध्याय,नारि जागृतीकी संस्थापक अध्यक्ष बिष्णु काैडिन्य लगायतले बोल्दै यस्तो कार्य अन्य ब्यक्तिहरुले पनि सिक्नुपर्ने बताए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिकानगर निवासी बुबा दुर्गा प्रसाद श्रेष्ठ र आमा भगवती देवि श्रेष्ठ तथा भाई– बुहारी, बहिनी–ज्वाईहरु लगायतको उपस्थीति रहेको थियो ।