माओवादी फुटाउने नारायणकाजीको तयारी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

माओवादी फुटाउने नारायणकाजीको तयारी



काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी फुटाउने तयारी गरेको सूचना खुमलटार पुगेको छ । कि पार्टीलाई एमालेसँग मिलाउने नभए पार्टी फुटाउने तयारी गरेको सूचनाले माओवादीमा खैलाबैला मच्चिएको छ ।

माओवादीभित्र वाम एकताका लागि श्रेष्ठ समूहले लगातर प्रायस गरिरहेको र एकताको माहोल बनाउन लागेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि थप दबाब सिर्जना भएको छ ।

नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत खुलेरै वाम एकताको पक्षमा लागेपछि प्रचण्ड दबाबमा परेका छन् । यसैबिच माओवादी नै फुटाउने तयारी गरेपछि पार्टीमै खैलाबैला मच्चिएको हो ।

श्रेष्ठ र पुन निरन्तर नेकपा एमालेका नेताहरुसँग सम्पर्कमा रहेको र वार्ता गरिरहेको खुलासा भएलगत्तै यस्तो सूचना प्रप्त भएको हो ।

उनीहरूले चुनावमा वाम तालमेलको कुरा गर्दै आएका छन् । नारायणकाजी श्रेष्ठ प्रचण्डलाई जानकारी नगराई ओली निवाआमा लगातार धाईरहेका थिए ।

आइतबार साँझ र सोमबार बिहान पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकै निवासमा पुगेर श्रेष्ठले लामो वार्ता गरेका छन । ओलीसँग श्रेष्ठले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अमेरिकाको भूमिका बढेको विषय देखि वाम एकता नभए ठूलो संकट आउनसक्ने भन्दै छलफल गरेको बुझिएको छ ।

श्रेष्ठले वाम एकताका लागि आफूहरु सधै तयार भएको भन्दै मार्ग खोल्न ओलीलाई पनि आग्रह गरे ।

स्रोतका अनुसार श्रेष्ठले प्रचण्डलाई समेत वाम एकताका लागि दबाब दिएका छन् । उनले माओवादीभित्र अलग समूहलाई सक्रिय बनाएका छन् ।

वाम एकताका लागि कुनैपनि बेला माओवादीभित्र विद्रोह गर्ने सम्मको रणनीतिमा श्रेष्ठ पुगेको बताईन्छ । श्रेष्ठ पार्टी जिम्मेवारी र मन्त्री बनाउने प्रकृयापछि प्रचण्डसँग टाढिएका छन् ।