शुभयात्रामा मधुसुदन गैह्रे निर्वाचित, विधान संशोधन पारित - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

शुभयात्रामा मधुसुदन गैह्रे निर्वाचित, विधान संशोधन पारित



वालिङ- शुभयात्रा संस्थाको आठौँ केन्द्रीय महाधवेशन सम्पन्न भएको छ । आईतबार वालिङमा सम्पन्न अधिवेशनबाट मधुसुदन गैह्रे अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि पनि अध्यक्ष रहेका उनी पुनः निर्वाचित भएका हुन् ।

यस्तै संस्थाको उपाध्यक्षमा रञ्जु काफ्ले, निर्वाचित भएकी छन् भने सचिवमा दीपक लम्साल, कोषाध्यक्ष रत्ना कंडेल, सदस्यहरूमा ध्रुवप्रसाद शर्मा पंगेनी, दीपेन्द्र गैह्रे, सिता गैह्रे, श्रावण कुमार ढुंगाना, कविराज पहाडी निर्वाचित भएका छन् ।

२०५४ सालदेखि सामाजिक सेवामा खटिएको शुभयात्रा नेपालको आठौँ केन्द्रीय अधिवेशनले विधान संशोधन समेत गरेको छ । अध्यक्ष चयन भएपछि गैह्रेले संस्थाको दायरा बढाएर सामाजिक सेवालाई अझ बढी फैलाउने बताए ।

शुभयात्रा संस्थाले अबका दिनमा शाखा विस्तार गर्ने कामलाई तिब्रता दिँदै मानिसको व्यवहार परिवर्तन गर्दै सरकारलाई सकारात्मक दवाव दिने अध्यक्ष गैह्रेले बताए ।

कार्यक्रममा विशिष्ट अथितिको रूपमा उपस्थित भएका गल्याङ नगरपालिकाका मेयर गुरु प्रसाद भट्टराईले अशल कर्मका निम्ति नयाँ कार्यसमितिले काम गर्नुपर्ने बताए । स्थापना कालदेखि नै शुभयात्राले राम्रा काम गरिरहेको भन्दै आगामी दिनमा अझै बढी काम गर्नुपर्ने उनले मेयर भट्टराईले बताए । उनले विकास र मानव कर्मको सिकाईको निम्ति खटिन सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित तिरुपति बालाजी मन्दिरको धार्मिक गुरु जया केशरी, अतिथिको रुपमा गल्याङ नगरपालिका वडा ११ का अध्यक्ष खेम सिंजाली मगर तथा स्थानीय बुद्धिजीवीहरू, शिक्षकहरू, शुभयात्रा नेपालका शाखाका प्रतिनिधिहरू, संस्थाका पूर्व पदाधिकारीहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन दीपेन्द्र गैह्रेले गरेका थिए ।

प्रमुख अतिथि जया केशरीले हाम्रो नेपाल निकै नै पवित्र भूमी भएकाले कालीगण्ड, स्याङ्जा जस्ता ठाउँहरूलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकशित गर्नुपर्ने बताइन् । नेपाल जस्तो देवभूमिमा जन्मिन पाउनु नै हाम्रो सौभाग्य भएको उनको तर्क थियो । हाम्रा धार्मिक पर्यटकीय स्थलका बारेमा भारतमा समेत चर्चा गरिने गरिएको उनले बताइन् । उनले यस संस्थामा जोडिने सबैले यस कार्यमा एक एक वटा ईट्टा थप्नुपर्ने बताइन् ।

नवनिर्वाचित केन्द्रीय कमिटीको कार्यकाल तीन वर्ष रहनेछ । संशोधित विधानलाई साधारण सभा तथा आठौँ अधिवेशनले पारित समेत गरेको छ ।