सिन्धुली १ मा कांग्रेस नेता श्याम घिमिरेको शानदार जित - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सिन्धुली १ मा कांग्रेस नेता श्याम घिमिरेको शानदार जित



काठमाडौं- सिन्धुली क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

घिमिरेले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीप कटुवाललाई पराजित गरेका हुन् ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार सिन्धुली १ बाट घिमिरे ३० हजार ३९१ मतका साथ विजयी भए ।

प्रतिस्पर्धी एमालेका प्रदीप कटुवालले २५ हजार ५४६ मत प्राप्त गरेका छन् ।

०७४ मा घिमिरे कटुवालसँग पराजित भएका थिए ।