सिद्धबाबामा ठुलो पहिरो, मध्यरातदेखि यात्रु अलपत्र - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सिद्धबाबामा ठुलो पहिरो, मध्यरातदेखि यात्रु अलपत्र



७ असोज, बुटवल ।

बुटवल र पाल्पाको सिमानामा पर्ने सिद्धबाबामा मध्यरातमा पहिरो जाँदा बुटवल-तानसेन सडक खण्ड अबरुद्द बनेको छ ।

सिद्धबाबा क्षेत्रमा ढुंगे पहिरो खस्दा दशैंका लागि आउने र जाने हजारौं यात्रु अलपत्र परेका छन् ।

सडकमा ठूला-ठूला ढुंगा खसेर बाटो बन्द भएकेा छ ।

बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा, पोखरा, पर्वत, अर्घाखाँची जाने र फर्कने यात्रुहरु बिचल्लीमा परेका छन् । दशैँ र तिहारका लागि घर र्फकने यात्रुहरु रातभर सडकमैअलपत्र परेका छन् ।

सडकमा सयौं सवारी र यात्रुहरुको लाइन छ । सडक  खुलाउने प्रयास भैरहेको छ ।