सिजनको बेला बजारमा सुनको अभाव - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सिजनको बेला बजारमा सुनको अभाव



हिमाल पोष्ट / २४ मंसिर, काठमाडौं । विवाहको मुख्य सिजनमा नेपाली बजारमा सुनको अभाव देखिएको छ ।

केही समययता सुनको मूल्य घट्दै गएको छ भने बजारमा माग पनि उच्च छ ।

बिहेको सिजनमा सुनको माग प्रायः उच्च रहने गरेको छ । लगातार मूल्यमा आएको कमीले बजारमा सुनको माग बढ्दै गए पनि सोही अनुसारमा आपूर्ति नहुँदा अभाव भएको व्यवसायीको भनाइ रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

सामान्य अवस्थामा बजारमा दैनिक १५ देखि २० किलो सुनको माग रहेकोमा अहिले बढेर ३० देखि ३५ किलो पुगेको छ । बैकले दैनिक वितरण गर्ने १५ किलो सुन पर्याप्त नहुँदा बजारमा अभाव देखिएको व्यवसायीले बताए ।

सुनको मूल्य घट्दै गएकाले पनि अहिले उपभोक्ताले धेरै खरिद गर्ने गरेको व्यवसायीको अनुभव छ ।