हेल्पिंङ ह्यान्ड्सको तेश्रो बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न ,अध्यक्षमा सिजापति - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

हेल्पिंङ ह्यान्ड्सको तेश्रो बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न ,अध्यक्षमा सिजापति



हिमाल पोस्ट /नया दिल्ली 
भारतमाको लक्ष्मीनगरमा रहेको  ‘नेपलिज स्टुडेन्ट हेल्पिंङ ह्यान्ड्सले’ आफ्नो तेश्रो बार्षिक उत्सव तथा साधारण सभाको  भव्य कार्यक्रमका बीच गत आईतबार सम्पन्न गरेको छ  । आई.टि.ओस्थित राजा राम मोहन रोय मेमोरियल हलमा सम्पन्न भएको उक्त कार्यक्रममा भारत स्थित नेपाली दुताबास प्रतिनिधि, एन.आई.आर.सीका पूर्व अध्यक्ष एवं उपाध्यक्ष, बिभिन्न संघ-संस्थाका प्रमुख, सिए इंस्टिट्यूटका प्रतिनिधि, सिए विद्यार्थी र सिएहरुको उपस्थिति रहेको थियो ।

सिए विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली कला संस्कृति झल्किने सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागीहरुलाई मध्य नजर गर्दै कार्यक्रममा आवत-जावतको लागि यातायातको समेत ब्यवस्था गरिएको थियो ।

कार्यक्रममा ‘मोटिभेसनल स्पिकर’ पि.एस राठोरले सहभागीलाई प्रेरणादायी सन्देश प्रबाह गरेका थिए। निकै नै सभ्य र भब्य तरिकाले सम्पन्न उक्त कार्यक्रममा नि:वर्तमान अध्यक्ष मदन बस्नेतले हाल सम्म आईपुग्दा सहयोगी हाथहरुलाई धन्यवाद ज्ञापन गर्दै आफु पदबाट बाहिर रहेर पनि आफ्नो दायित्व सधै गरि रहने बताएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले नै भोटिङ मार्फत आफ्नो प्रतिनिधिहरु चुन्न पाउने व्यवस्था मिलाईएको थियो।उक्त सभाबाट विवेक बिक्रम सिजापति अध्यक्षमा निर्वाचित भएका थिए। त्यसै गरि उपाध्यक्षमा अरविन्द चौरसिया, सचिवमा निर्मल मरासिनी, सह-सचिवमा राजेश रिजाल, कोषाध्यक्षमा मनिष कुमार देव सहित १५ जना कार्यकारी समिति चयन गरिएको थियो ।

कार्यकारी सदस्यहरुलाई सहि र प्रभावकारी ढंगबाट परिचालन गर्न बिभिन्न विभागमा बिभाजन गरी जिम्मेवारी दिईने ब्यवस्था समेत गरिएको छ। नव निर्वाचित संस्थाका अध्यक्ष भन्छन्, ‘लक्ष्मीनगर सहित दिल्लिका विभिन्न स्थानमा रही अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको हक़-हित एवं समस्याहरुको समाधानको लागि स्थापना गरिएको यो सामाजिक संस्थाको अध्यक्षको पदमा निर्वाचित हुदा धेरै खुसी तथा जिम्मेबारी बहन गरेको छु र आउने दिनहरुमा विद्यार्थीहरुको समस्या समाधान एवं हक़-हितका लागि सधै लागि पर्ने छु। कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद र नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।’

कार्यक्रममा ७०० बराबरको सहभागीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा हेल्पिंङ ह्यान्ड्सले आयोजना गरेको क्रिकेट प्रतियोगिताका बिजेताहरुलाई पुरस्कृत समेत गरिएको थियो ।