सिकाउनेलाई नै थाहा छैन भोट हाल्ने तरिका - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सिकाउनेलाई नै थाहा छैन भोट हाल्ने तरिका



काठमाडाैं /मंसिर १९। ‘चाची आहा सब भोट गिराब त जायछिय नै’, जनकपुर उपमहानगरपालिका–२१ कुर्थाटोलको चौरमा स्वयंसेविका जानकीकुमारी नायक आइतबार मतदातालाई शिक्षा दिइरहेकी थिइन् । स्थानीय वृद्धा ध्यानपूर्वक मतदान गर्ने तरिका सिकिरहेकी थिइन् । दुई स्वयंसेविकाले मतदातालाई तीनवटा मतपत्रमा चार ठाउँमा छाप लगाउनेबारे बताए ।

रातो रंगको मतपत्र रातै बाकसमा, हरियो रंगको हरियोमै र कालो रङको कालै बाकसमा खसाल्ने तरिका सिकाए । ती दुवै स्वयंसेविकालाई हामीले ती मतपत्रको भिन्नताबारे सोध्यौं। उनीहरूले नधकाई भने, ‘थाहा छैन ।’

कात्तिक २५ गतेदेखि मतदाता शिक्षा कार्यक्रममा परिचालन गर्नुअघि जिल्ला निर्वाचन कार्यालयले एक दिन स्वयंसेवक तालिम दिएको थियो ।

‘निर्वाचनमा दुई दिन दिनुपर्ने, एक दिनमै सके। झोलासोला, पेपर, पैसा सबै बाँडेर समयय खेर गयो। १० देखि ५ बजेसम्म केही सिक्नै पाइएन’, राजर्षि जनक उच्च माविकी बालविकास शिक्षिका नायकले भनिन्, ‘५०–६० जनालाई तालिम दिएको थियो ।

आजको कान्तिपुरमा खबर छ-धेरै कुरा राम्ररी सुनिएन। मनमा लागेको कुरा सोध्न पाइएन।’ सिकेको कुरा सिकाउन पनि उनीहरूलाई सहज थिएन । पुरुष मतदाता महिलासँग सिक्न चाहिरहेका थिएनन् । ‘हामीलाई थाहा छ भन्दै पन्छिनुहुन्छ, महिलामात्र भेला हुन्छन्’ नायकले सुनाइन्, ‘कतिले त पार्टीबाट आएको जाऊ भन्दै गाली गर्छन् ।