सिकारीको गोली लागी मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सिकारीको गोली लागी मृत्यु



हिमाल पोष्ट / काँकडभिट्टा (झापा), २७ मङ्सिर । जलथलमा आज अवैध सिकारीको गोली लागी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३१ वर्षीया अनिता मेचे रहेको प्रहरी उपरीक्षक शैलेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार आज अपराह्न दाउरा खोज्न घर नजिकै रहेको रणकाली सामुदायिक वनमा गएकी मेचेको दाहिने हातमा गोली लागेको थियो ।

उनलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटल ल्याइएकामा अत्यधिक रक्तस्रावका कारण उनको उपचारकै व्रmममा मृत्यु भएको उपरीक्षक थापाले बताउनुभयो । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि मेची अञ्चल अस्ताल भद्रपुरमा लगिएको छ । रासस