जो अशक्त भएर पनि तीन पुस्तालाइ पढाए.... - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जो अशक्त भएर पनि तीन पुस्तालाइ पढाए….



किंग खनाल रपुस १८ काठमाडौँ
खाने मुखलाई जुँगाले छेक्दैन भनेझै कृष्ण प्रसाद पौडेल असक्त हुँदा पनि उनीजस्तै असक्तहरुलाई व्यवस्थापन गर्न चाहन्छन, संस्था खोलेर सेवा गर्न चाहन्छन। अर्घाखाँची जिल्ला ठुलापोखरा गा बि स मा जन्मेका कृष्ण प्रसाद पौडेल शरीरिक रूपमा असक्त छन्, मानसिक रूपमा भने सशक्त। ६३ वर्षका पौडेल जन्मिदा तन्दुरुस्त थिए, अहिले उनको तौल १२ केजि छ।15800958_1690846914274766_897935716_n

५ कक्षा सम्मको शिक्षा पनि पुरा गरे, तर जीवनको कुन क्षेणमा के हुन्छ मान्छेलाई पत्तै हुँदैन ११ वर्षको उमेरमा पोलियो लागेर हात खुट्टा कमजोर भएपछि हिड डुल गर्न नसक्ने भए। योगी दर्शनानन्दबाट ५ कक्षा सम्मको शिक्षा लिएका उनी ठुलापोखराकै भगवती नि मा बि मा ४२ वर्ष अध्यापन गराए, केही वर्ष अगाडि राजनीतिक दाउपेच र व्यक्तिगत इगोको कारण केही व्यक्तिहरू लागेर उनलाई स्कुलबाट निकाले।अहिले कालिदास पौडेल(उनका भाइ) को घरमा बस्छन, जो कसै सँग पनि खुलेर कुरा गर्छन्, फोनमा मात्र कुरा गर्नुभयो भने त तपाईँलाई पनि लाग्दैन कि उनी अपाङ्ग छन्।15749990_1690846890941435_1818877323_n

२०२२ सालमा जब उनलाई पोलियो लाग्यो पाल्पाको मिसन हस्पिटल मा भर्ना त भए तर उनको शरीरमा रगतको कमी भयो कसैले रगत दिन मानेनन। रगत पाएको भए शायद नयाँ जीवन पाउँथे कि गरुङ्गो मन गराउदै हामी सँग कुरा गरे। शायद अहिले जस्तो रक्तदान सम्बन्धी चेतना भएको भए उनको यो अवस्था हुँदैनथ्यो होला।

जीवनमा धेरै दुस्ख देखेको छु, आँफै असक्त बने, पछि बुवालाई गुमाउनु पर्‍यो, आफ्नै भाइको पनि अकालमा मृत्‍यु भयो, ४२ वर्ष सम्म पढाएको स्कुलबाट केही मान्छेको निजी स्वार्थको कारणले छोड्नुपर्‍यो, २०७० सालसम्म आफ्नै आमाले नै स्याहर सुसार गर्नुभयो, ७० सालकै भदौ १४ गते आमा ७८ वर्षको उमेरमा बित्नुभयो बल्ल मलाई साँचिकै अपाङ्ग भएछु भन्ने लाग्यो निकै भाबुक मुद्रामा बोले कृष्ण प्रसाद।

बाबु छोरा र नाति गरी ४२ वर्षमा तीन पुस्तालाई पढाएका कृष्ण प्रसादसँग विद्यार्थीहरू निकै रमाउँथे, बाल बच्चाहरू हौसिन्थे। उनैले पढाएका विद्यार्थीहरू कहिलेकाँही भेट्न आउँदा निकै खुसी लाग्ने उनी बताउछन।

अहिले उनैले पढाएका एक विद्यार्थी शिवदेब पाण्डेले काठमाडौँ ल्याएर विभिन्न राजनीतिक र सामाजिक ब्यक्तित्वहरु सँग सहयोगको लागि पहल गरिरहेका छन्। उहाँको अपाङ्गहरुलाई सेवा गर्न संस्था खोल्ने इच्छा छ, आफ्नै गुरुको इच्छामा मैले केही गर्न सक्छु कि भनेर पहल गरेको छु, शिवदेब पाण्डेले हिमालपोष्ट सँग कुरा गर्दै भने।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, अपाङ्ग महासङ्घका अध्यक्ष भोजराज श्रेष्ठ लगायत विभिन्न मन्त्रिहरु सँग भेटेपछी केही आशा पलाएको, आफू जस्तै अपाङ्गहरुलाई सेवा गर्ने चाहना छ, मैले जस्तै दुस्ख पाउनेहरुलाई एकै ठाउँमा राख्न चाहन्छु उनले थपे।

शायद दुस्ख के हो भन्ने बुजेकोले अरूको दुस्खमा मल्हम पट्टी गर्न खोज्दै छन् कृष्ण प्रसाद। मानवता हराएको यो समयमा सम्पन्न ले विपन्न देखेपछी मुन्टो बटार्ने, सपाङ्गले अपाङ्ग देखेपछी छि(छि गर्ने समाजमा आफू अशक्त भएर पनि अरूको दुस्खमा साथ दिन खोज्ने सशक्त सोँच राख्ने उनलाई भेटेपछी जो कोही पनि उर्जावान हुन्छन्।

कृष्ण प्रसाद को सोँच र उनको ऊर्जालाई सादुबाद, उनको सोँचले पूर्णता पाओस हाम्रो सहयोग र शुभकामना छ