कञ्चनपुरको सीमा समस्या समाधान गर्न सांसद कडरियाको माग - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कञ्चनपुरको सीमा समस्या समाधान गर्न सांसद कडरियाको माग



काठमाडौँ । भारतीयको अतिक्रमण र थिचोमिचो रहेको कञ्चनपुरको दक्षिणीक्षेत्रको सीमाका समस्या समाधान गराउन राष्ट्रिय सभा सदस्य सांसद इन्दु कडरिया बिष्टले सरकारको ध्यानाकर्षण गराएकी छिन् । बुधबार राष्ट्रिय सभामा ७ मिनेटको समयमा बोल्दै उनले सीमाक्षेत्रका नेपालीहरुले आफ्नो जमिन भोगचलन गर्न समेत नपाएको, नेपाली भुमि अतिक्रमण भईरहेको लगायतका विषयलाई उठान गरेकी थिइन् ।

आनन्द बजार घटनामा नेपालीहरु प्रति आक्रमकशैलीमा आएका भारतीय एसएसबी कञ्चनपुरको आनन्द बजार घटनापछी तत्काल सीमा समस्या समाधान गर्ने आश्वासन दिएको सरकारले ३ बर्ष भैसक्दा समेत अहिलेसम्म सीमासमस्या समाधान गर्न नसकेको सांसद कडरियाले जानकारी दिइन । दशगजा छोडेर नेपाल तर्फ कल्भर्ट निर्माण गर्न खोज्दा अवरोध गर्दै २०७३ फाल्गुन २६ गते स्थानीय युवा गोविन्द गौतमलाई हज्जारौं नेपाली र भारतीयका बीचमा गोलि हानी हत्या गरेको समेत जानकारी गराइन।

केही समय पहिला पुनर्वास नगरपालिका- ९ बिचफाँटामा भारतीय नेसनल पार्कबाट आउने जंगली हात्ती नियन्त्रण गर्न नेपालकै जमीनमा विद्युतिय तारबार लगाउदा भारतीय एसएसबीले दादागिरी शैलीमा उखेलेर फालिदिएको बताउदै सांसद कडरियाले बेलौरी नगरपालिका- १ का स्थानीय मान बहादुर सुनार र करन बहादुर सुनारको लालपुर्जा भएको जमीन भोगचलन गर्न समेत भारतीयपक्षले नदिएको बताइन् । उनले भारत सरकारसंग यस बिषयमा कुरा राखी समस्याको समाधान गरियोस् भन्दै राष्ट्रिय सभामा माग गरेकी थिइन् ।