सिमान्कन हेर्फेरमा पाल्पाको आपत्ति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सिमान्कन हेर्फेरमा पाल्पाको आपत्ति



नवसुजित भण्डारी/२७ कार्तिक

देशको सिमान्कन हेर फेर गर्ने तयारी भैरहेको अवस्थामा प्रदेश नम्बर ५ विभाजन गरि तराई र पहाडी भुभाग अलग गराउने तयरी विरुद्ध जनतामा ब्यपक असन्तुस्ती वढेको छ ।  15050413_1244034095659322_214570934_n
केही दिन अघिमात्र नेकपा एमालेले प्रदेश को बैठक गरेर कुनै पनि हालत्मा पहाड र तराई अलग गर्न नदिने निर्णय गरेको थियो ।  उता पाँच नम्बर प्रदेशमा राखिएको प्यूठान जिल्लालाई ६ नम्बर प्रदेशमा राख्ने चर्चाले प्यूठानवासीमा आक्रोश बढेको छ । उनीहरुले प्यूठानलाई ६ नम्बर प्रदेशमा सारेर आन्दोलन गर्ने वातावरण नबनाइदिन सरकार र प्रमुख राजनीतिक दलहरुलाई अनुरोध गरेका छन् । प्यूठानबासीले बिहीबार प्रदेश परिवर्तन सम्बन्धि जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम नै आयोजना गरे ।

उनीहरुले जिल्लामा क्रियाशील सम्पूर्ण राजनैतिक दलका नेताहरुले आ-आफ्नो ठाउँबाट सरकारलाई खबरदारी गर्ने निर्णयसमेत गरेका छन् । यता पाल्पा मा आज सकृय रजनैतिक दल्हरुले विभाजन्को बिरुध सम्युक्त बक्तब्यनै जारी गरेका छन ! यसरि प्रदेश पाँच टुक्राउने खालको प्रस्ताव आएमा वा पारित गरेमा केन्द्र्का नेतालाई भारी पर्ने देखिएको छ ।