सिमांकन हेरफेर गर्ने जिम्मा आयोगलाई दिऊ : चन्द्र भण्डारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सिमांकन हेरफेर गर्ने जिम्मा आयोगलाई दिऊ : चन्द्र भण्डारी



हिमाल पोष्ट / काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले संविधान संशोधन प्रस्तावमा समावेश भएका विषयमध्ये सिमांकनबाहेकका अन्य विषयहरु पारित भए आफूहरुलाई कुनै आपत्ति नहुने बताएका छन् । आईतबार रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा बोल्दै उनले तराई÷मधेशका जनतालाई अधिकार दिने पक्षमा आफूहरु पनि रहेको उल्लेख गर्दै कतिपय संशोधनमा उल्लेख भएका विषयहरुले जनतालाई अधिकार दिनुको सट्टा बञ्चित गर्नेतर्फ उनले चिन्ता व्यक्त गरे ।

नेता भण्डारीले संशोधन प्रस्तावमा उल्लेख भएको विषयमध्ये नागरिकताको प्रावधानले तराईका जनतालाई नै असर पार्ने गुनासो पोखे । त्यस्तै उनले माथिल्लो सदनमा जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चितता गरिए पहाड रितिने समेत चिन्ता व्यक्त गरे । उनले सिमांकन हेरफेर गर्ने विषयमा आयोगलाई जिम्मा दिने हो भने संशोधन प्रस्तावमा जान सकिने विश्वास दिलाए । यद्यपी उनले राष्ट्र र जनतालाई हानी हुने काम गर्न नहुने तर्क गरे । भण्डारीले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने बताए ।

भण्डारीले चुनावमा समानुपातिक–समावेशी सिमित व्यक्तिलाई मात्र हुन नहुने धारणा राखे । त्यस्तै उनले नेपाली भाषा सबैलाई राष्ट्रिय भाषा मानी सकेकाले अहिले आएको भाषा सम्बन्धी संशोधनले देशलाई फाइदा नहुने तर्क गरे। मधेसी मोर्चाको आन्दोलनले मधेसी जनतालाइ नै फाइदा नहुने भण्डारीको तर्क थियो । भण्डारीले स्थानीय तहको चुनाव हुन नसके कुनै दलको हार जित नभएर देशको हार हुने चिन्ता व्यक्त गरे ।