मन्त्रिपरिषद्को निर्णय: सिनेमा हाल र रात्रीकालिन व्यवसाय बन्द - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मन्त्रिपरिषद्को निर्णय: सिनेमा हाल र रात्रीकालिन व्यवसाय बन्द



काठमाडौं । सरकारले सिनेमा हाल र रात्रीकालिन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको तेस्रो लहर रोकथामका लागि सरकारले यस्तो निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक महिने आदेश जारी गर्दै‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो ।

आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थल, समारोह, सामाजिक कार्य आदिमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने उल्लेख छ ।

त्यस्तै पहिलो चरणमा सिनेमा हल र रात्रीकालीन व्यवसाय १५ दिन बन्द गर्नेसमेत आदेश दिएको छ । पहिलो चरणमा माघ १५ सम्म सबै स्कुल, कलेज र विश्वविद्यालयमा भौतिक पठनपाठन समेत बन्द गर्ने निर्णय भएको छ ।

त्यस्तै होटल , क्याफे र रेष्टुरेण्टमा खोपकार्डका आधारमा मात्रै प्रवेश दिन समेत आदेश गरिएको छ । निषेधाज्ञा सम्बन्धि निर्णय स्थानीय आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालयले गर्न सक्ने व्यवस्था पनि मन्त्रिपरिषद बैठकबाट पारित आदेशमा रहेको जनाइएको छ ।