प्रकाशमान सिंह भन्छन्: म माथि अन्याय भएको छ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रकाशमान सिंह भन्छन्: म माथि अन्याय भएको छ



काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता सिंहले १४औं महाधिवेशनमा तत्कालीन संस्थापन इतर समूहले आफूलाई अन्याय गरेको गुनासो गरेका छन्।

चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले १४औं महाधिवेशनमा आफू अन्यायमा परेकै कारण छुट्टै उम्मेदवारी दिएको बताएका हुन्। सिंह १४औं महाविधेशनमा सभापति पदमा हारेका नेता हुन्।

‘१३औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रतिस्पर्धा गर्न मलाई जुनियर भनियो’, नेता सिंहले भने, ‘तर अहिले आएर मभन्दा जुनियरलाई मैले मानेर जानुपर्छ भनेपछि मैले अन्याय भयो भनें।’

१३औँ मा आफूलाई जुनियर भनेर सभापतिको प्रतिस्पर्धा गर्नबाट रोकेको समूहले १४औं महाधिवेशनमा आफूभन्दा जुनियरको नेतृत्वमा प्रतिस्र्धामा जाऔं भनेकाले समूह छाडेको सिंहले बताए।

‘१३औँ मा आफूलाई जुनियर भनेर यो विचार समूहले रोक्ने’, उनले प्रश्न गरे, ‘आज १४औँ मा म सिनियर हुँ भन्दा जुनियरको नेतृत्वमा म कसरी जान सक्छु?’

नेता सिंहले अर्काे प्रसंगमा स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन समयमै हुनुपर्ने बताए।

संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहको निर्वाचन संविधानबमोजिम हुनपर्ने जिकिर गरे।

संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँचदलीय गठबन्धन सरकारको सबैभन्दा महत्त्वपूर्ण कार्य भएको उनले बताए।

‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन’, सिंहले भने, ‘त्यो कारणले धेरै कामहरूमध्येमा यो गठबन्धनको सरकारको सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु हो।’

झण्डै दुईतिहाइ बहुमत पाएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरीत बाटोमा गइरहेका बेला संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए।