यस्तो बिजोग छ मुख्य प्रशासनिक भवनको - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

यस्तो बिजोग छ मुख्य प्रशासनिक भवनको



काठमाडौं ।

भूकम्पपछिको पुनर्निर्माण भइरहेको ढिलाइको उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारको तस्वीरले नै पुनर्निर्माणको अवस्था प्रष्ट देखाउँछ ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिंहदरवारको पश्चिमी मोहडा थप जिर्ण बन्दै गएको छ ।

भूकम्पले भवन चर्काएको ३० महिना बितिसक्दा पनि भत्काएर नयाँ बनाउने कि सबलीकरण गरेर जोगाउने भन्ने टुंगो लागेको छैन ।

भवनको सबलीकरण गर्ने वा भत्काउने भन्ने टुंगो नलागे पनि सरकारले पटकपटक गरी करोडौं खर्च गरिसकेको छ ।

गत असारमा प्लास्टिकले ढाक्न प्राधिकरणले ६ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो ।

दुई महिनाअघि स्काफोल्डिङमा एक करोड २४ लाख खर्च गरेको छ ।

यसअघि सहरी विकास मन्त्रालयले भवनको अध्ययनमा लाखौं खर्च गरेको थियो ।

प्राधिकरणले अध्ययनकै लागि पुनः दुई करोड खर्च गर्ने तयारी गरेको छ । (नागरिक दैनिक)