सिरहामा दुई प्रहरी जवानलाई गोली प्रहार, एकको अवस्था गम्भीर ,दुई घाइते - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सिरहामा दुई प्रहरी जवानलाई गोली प्रहार, एकको अवस्था गम्भीर ,दुई घाइते



सिरहा/ मंसिर ,१० ।

सिरहाको कल्यणपुर नगरपालिका ५ निर्दनामा दुई प्रहरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई गोली लागेको हो। रातो रंगको मोटरसाइकलमा चढेका दुई व्यक्तिले प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली प्रहार गरेको हुन् ।

उनले गोली प्रहारबाट घाइते प्रहरीद्वयको उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लागेको बताए। उनका अनुसार प्रहरी जवान यादव अवस्था चिन्ताजनक छ । गोली प्रहार गरी फरार भएका उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भेटवालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउँन बाँकी छ।