सिस्टरहुड बुटवलले खुवायो बृद्धबृद्धालाई खाना - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सिस्टरहुड बुटवलले खुवायो बृद्धबृद्धालाई खाना



बुटवल, ७ मंसीर । समाज सेवा गर्नको लागी सञ्चालन गरीएको सिस्टरहुड ले आफ्नो तेस्रो बार्षिकोत्सबको अवसरमा बिहीबार बुटवल संगठनले बृद्ध बृद्धालाई खाना खुवाएर मनाएको छ ।

बुटवल शाखा प्रमुख पूजा पन्थी र रक्षा न्यौपानेको पहलमा बुटवल उपमहानगरपालिकामा रहेको सिद्धबाबा सिबकुमारी सैजु पाकापुस्ता बृद्धाआश्रम बुटवल तल्लो फूलबारीमा रहेका बृद्ध बृद्धाको लागी खाना को ब्यवस्था गरेका थिए ।

कार्यक्रममा बृद्धाआश्रममा रहेका ९ जना बृद्धबृद्धाको लागी बिहानी खानाको ब्यवस्थापन गरेको सिस्टरहुडले जनाएको छ ।

यस्ता संस्थाले बृद्धबृद्धाको लागी केही सहजता हुने बृद्धाआश्रमका व्यवस्थापक कृष्ण थापाले बताए ।

साथै कार्यक्रममा समाजीक समाचारहरु संकलन गरेकोमा पत्रकार द्वय बुद्ध टेलीभिजनका कपिल ज्ञवाली र दैनिक पत्रका आचार्य प्रदीप लाई दोसल्ला ओढाएर सम्मान समेत गरीएको थियो ।