मेरो राजनितिक यात्रा: सीता अर्याल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

 मेरो राजनितिक यात्रा: सीता अर्याल



म धादिङ जिल्लामा जन्मिएर तेसैको सेरोफेरोमा हुर्किएकी हुँ ।मेरो राजनीतिक यात्रा पनि पनि यहि बाट सुरु हुन्छ । स्कुल जिबनमा कुनै पनि पदमा रहेर काम गर्ने मौका मिलेन । स्कुल पढ्न जाने उमेरमा पनि गाँउघरका आमा दिदिबहिनी हरुको दयनीय अवस्थाले मलाई सधै पिरलि रहन्थयो ।

पढ्ने बेलामा डोको नामलो लिएर बनपाखा गर्ने दिदीबहिनी को पीडा आफ्नो पीडा जस्तो लाग्थयो ।यी यावत कुरालाई नियाल्दा मलाई सुरुमा नै महिला संघमा बसेर काम गर्ने रहर पलाएर ढोला गा बि स को नेपाल महिला संघ गाउँ इकाई समितिको सभापति भएर सुरु गरेको राजनितिक यात्रा गाउँ क्षेत्र हुँदै २०५८ सालमा नेपाल महिला संघ धादिङको जिल्ला सचिव भएर काम गर्ने मौका पाए । महिला बिकास , महिला जागृतिको परिचालिका हुँदै जिल्लामा काम गरियो ।

महिला हरुलाई जागृत गराउने काममा लाग्दै गर्दा महिला उत्थान कृषि सहकारीको अध्यक्ष भएर २  बर्ष काम गरेँ महिला दिदी बहिनिहरुलाई राजनितीक सामाजिक र आर्थिक रुपमा सक्षम बनाउने कार्यमा लागातार लागि रहेँ ।यसै दौरानमा नेपाली काँग्रेसको १२ औ माहाधिबेसनमा माहाधिबेसन प्रतिनिधि मा निर्बाचित भएँ । घाँस दाउरा र चुलो चौकामा मात्र सिमित दिदीबहिनीहरुलाई राजनितिको मुल्धारमा ल्याउने प्रस्सत कामहरु भए । आफ्नो गाउँमा बसेर महिला दिदीबहिनीहरुको साथमा काम गर्ने रहर हुदाहुँदै पनि बाध्यता भनौ या रहर १९ महिना अगाडि केयरगिभरको भिषामा साइप्रसमस आएकि छु ।

आफ्नो डिउटि को साइप्रसमा रहानु भएका ५००० महिला दिदीबहिनीहरुको पीडा पनि नजिक बाट निहाल्दै छु ।बसाई जाहा हुदा पनि आफ्नो सिदान्त र समााजिक काम गर्ने रहर उतिकै छ ।साइप्रसमा बसेर नि याहा दुखमा परेका दिदीबहिनीको दुख सुखको साथि बनेको छु । ९४% दिदीबहिनी साइप्रसमा कार्यरत हुनुनछ भने मात्र ६% दाजुभाईको उपस्थित छ। यतिका संख्यामा कार्यरत दिदीबहिनीहरुको समस्या पनि त्यतिकै ।थोरै दिदीबहिनीहरुलाई राम्रो काम परे पनि अरु धेरैलाई समस्याले गाँजि रहेको छ । ४००००० देखि ४,५०,००० सम्म तिरेर साईप्रस आएका दिदीबहिनीहरुको अवस्था काहालिलाग्दो छ ।

नेपालमा रहेका कतिपय मेनपावरहरुले भाषा र कामको बारेमा जानाकारि नै नगराई अन्धाधुन्ध तरिकाले पठाउदा नेपाली दिदीबहिनीहरुले ठूलो सास्ती भोग्नु परेको छ ।कतिलाई ग्रिक भाषाको जानाकारि नै छैन त कातिलाई कामको अनुभव छैन । नेपाल सरकारको स्पस्ट नीति नहुदा अरुदेशका कामदारले पाउने पारिश्रमिक र नेपाली ले पाउने पारिश्रमिक मा समेत भिन्नता पाईन्छ ।