शीतलनिवासमै नेताहरुबीच आरोपप्रत्यारोप सुरु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

शीतलनिवासमै नेताहरुबीच आरोपप्रत्यारोप सुरु



हिमाल पोष्ट / २० मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल माघ ७ भित्र तीनै तहको निर्वाचन हुन नसके मुलुकमा विकराल अवस्गा आउनसक्ने भन्दै दलका नेताहरुलाई सचेत गराएकी छिन् ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतालाई आइतबार अपराह्न शीतलनिवास बोलाएर राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा जुट्न आग्रह गरिन् ।

छलफलमा प्रमुख प्रतिपक्षी एकालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव असंवैधानिक भएको बताए । उनले अपारदशी ढंगबाट संशोधन प्रस्ताव दर्ता गरिएको आरोप लगाएको आजको नागरिकदैनिकमा समाचार छ ।

शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच विगमा भएको सहमतिअनुसाररै प्रदेश सीमांकन हेर र प्रस्ताव गरेको भन्दै विगत सम्झन एमालेलाई आग्रह गरे ।