स्मरणमा मेरो भ्यालेन्टाइन « Himal Post | Online News Revolution
Logo

स्मरणमा मेरो भ्यालेन्टाइन



समिर प्रकाश पाण्डे 

दिन भरीको कामले जिउ थाकेको थियो, खाना खाई सके पछि साथीहरू जम्मा भई कुरा गर्ने गरिन्थ्यो तर आज गफिन मन लागेन सायद थकानले होला बेडमा पल्टि हाल्ले ल्यापटप खोले साथीहरू हेलो हाई, के छ, सच्चै छउ, खाना खायौ यस्तै यस्तै म्यासेज आउन थाले एक दुई जना साथीको रिप्लाई पनि गरे तर अरू बेला जस्तो खुलेर कुरा गर्नै मन लागेन, केही पोस्ट भएका न्युज र साथीहरूका स्टाटस हेर्दै थिए हेर्दा हेर्दै भुसुक्कै निदायछु, मस्त निद्रा बिच एउटा साथीले फोन गर्‍यो फोनको रिङटोनले अाखाँ खुल्यो तर मनले भन्दै थियो यस्तो मस्त निद्रा परेको बेला कसले फोन गर्‍यो होला ! फोन उठाए केही छिन कुरा भए उनी उसले फोन राख्यो तर मलाई भन्ने निन्द्रा लगेन यता उता फर्किए पटक्कै निन्द्रा परेन , ल्यापटप खोले समाजिक सञ्जाल फेसबुक ,टुईटरका भित्ताहरु प्रेमिल गजल कविता शुभकामनाका सन्देशले भरिएका थिए फ्रेब्रअरी १४ अथार्त प्रेम दिवस सुरु भैसकेको थियो ,नयाँ नयाँ जोडीले प्रेम प्रस्ताव गर्ने तथा पुराना जोडीले आफू एक अर्काबाट कहिल्यै नछुटिट्नै बाँचा गर्ने दिन प्रेम दिवस मैले बुझे अनुसार .. ।

पछिल्लो समय प्रेम दिवसलाई विशेष गरी युवा युवतीले चाडकै रूपमा मनाउने गरिन्छ । प्रेम दिवसका दिन प्रेमीले प्रेमिकालाई र प्रेमिकाले प्रेमीलाई विभिन्न उपहार दिएर माया दर्शाउने र आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव पनि राख्ने गरिन्छ हो त्यही दिनको सुरुवात भैसकेको थियो म्यासेन्जरको ईनबसमा हेप्पी भ्यालेन्टाईन डे, मिस यु, लव यु भन्दै म्यासेज आउन थाले कोही साथी सोध्दै थिए जी, यफ सँग कुरा गर्न आज त राती नै उठ्नु भएछ त ,, उ चाहिँ कत्ति नै अफलाईन बसे जस्तै ,मुख भरीको जवाफ दिन मन थियो तर केही बोलिन मनमा केही वर्ष अगाडिको मेरो भ्यालेन्टाईनको याद आयो मेरो कलेज लाईफ मेरो प्रेम र खुसी, उ बेला उस्का नाममा लेखेका धेरै गजल कविता, साहिरी र केही कथाका अंश हरू मेरो अटोमा अझै पनि छन् मनमा त्यही पुराना कुराहरू खेल्न थाले, याद आयो बि.स २०६३ अाजैको दिन बिहानको ०९ तिर हुँदो होे संखमुलको एउटा पसलमा छिरे ठ्यक्कै पसलको नाम याद आएन खुसीलाई प्रोपोज गर्ने सुरसारमा थिए कता कता मनमा डर पनि थियो तर पनि मनलाई फुरुक्क पर्दै एउटा गिफ्ट र रातो गुलाबको फुल किनीहालेँ तर बाहुनले च्याउ खाओस् न त्यसको स्वाद थाह पाओस् । जीवनमा कहिल्यै प्रेमिका नबनाएको मलाई भ्यालेन्टाईन डे बारे के थाहा न पत्तो।

म र खुसी एउटै कलेजमा पढ्ने साथी त्यस्तै उ १९-२० वर्षकी जस्तै देखिन्थि सायद त्यही उमेरकी हुदिहो ठुलो निधार, पष्ट छाती अनि बारुली छिनेको कम्मर निकै राम्री सलक्क परेकी थि, सधैँ भेट्टिने भन्दा पनि भेट्टिने बेलाको उसको हर्कत बडो अचम्म र प्रेमिल लाग्थ्यो। साँच्चिकै हराउनु भन्दा पनि हराएर फेरी झुल्किदाको शैली नै साह्रै मिठो लाग्थ्यो। तर भन्ने हो भने ती दिनमा म उ प्रति आकर्षित भने पक्कै भएथिए,उ मलाइ हेरेर एकपल्ट मुस्काइदिन्थी,सायद उसको त्यो मुस्कानको को दिवाना भएथे।म अनेकन बहाना बनाएर उसको नजिक पुग्थे,तर काम केही हुदैनथ्यो, बस उ प्रति आकर्षित हुदैथिए। अघिल्लो दिनै मैले उसलाई फोन गरेर भनेको थिए भोलि ११ बजे पाटन कृष्ण मन्दिर आऊ हई, उसले हुन्छ मात्र भनेकी थिई खासै लामो समय सम्म कुरा भने भएन हाम्रो त्यो दिन प्रेमिल हप्ता अनुसार किस डे थियो संखमुलबाट सानो कालो झोलामा गुलाबको फुल र गिफ्ट बोकी लागे पाटन कृष्ण मन्दिर तिर। प्रेम दिवसको सप्ताह अनि फोन कल अनि तेही बिचमा भएका केही उतार चढाव सायद यसैले गर्दा होला केही संकोच, केही ‘नर्भस’ अनि केही मात्रामा ‘एक्साईटमेन्ट’ सबैकुरा मिल्दै यात्रा अघि बढ्दै गयो।

म खुसीको पर्खाइमा राधाकृष्ण मन्दिरको ठिक पछाडि उभिएँ। वर पर हेरेँ,सबै आ-आफ्ना प्रेमिकाहरू सँग मद-मस्त थिए। कतिखेर खुसी आइपुग्छे र प्रेम्-दिवसको शुभकामना टक्राउँ,भन्दै बडो चञ्चलताका साथ् प्रतीक्षा गरिरहेको थिएँ।खुसीको त्यो आफ्नै बेवाक अन्दाज कुनै कुराको निर्णय लीनमा, साच्चै नै अरू भन्दा फरक बनाउथ्यो उसलाई। उसका ती मुर्खतापुर्ण गल्तीहरूबाट उसको चेहेरामा देखिएको “cute expression” म हृदय देखिनै मन पराउथे। हो यस्तो कुराले मलाई वास्तवमै पागल बनाउथ्यो।लामो बसाइ, १ घण्टा,२ घण्टा र ३ घण्टा समय सँगै चुहेर सकियो, खुसी आइपुगिनन्, कति युगल जोडिहरु प्रेम्-बिनिमय गरे,सप्रेम समर्पण प्रस्तुत गरेर खुसीसाथ फर्किए, अझ खुसी आइनन्। दिन ढल्कियो, म निराश भएँ। लामो पर्खाइको कारणले गर्दा कतिपय मानिसहरू मलाइ रमित हेरिरहेका थिए । कति पटक त उसलाई फोन गर्ने कोसिस पनि नगरेको हैन तर मरे लागेन, मनमा अनेक कुराहरू खेल्न थाले म सँग अब एउटा विकल्प मात्रै थियो उसको रुममै जाऊ तर एक्लै जाने अाट अायन साथीलाई फोन गरे उ त्यत्तै संखमुल तिर रैछ उसले भन्यो यतै आऊ अनि कुरा गरुम्ला भन्दै हतार हतार फोन राख्यो मैले अोके भने तर उसले सुन्यो सुनेन थाहा छैन, कालो झोला भित्र राखेको गुलाबको फुल पनि  अईलाई सके होला ! तर हेर्न मन लागेन म  भने  लागे पाटन देखि संखमुल तिर.

बानेश्वरबाट संखमुल जाने अोरालो निर एउटा चिया पसल छ (रिया बेकरी) खुप मिठो चिया पकाउने एउटा गुल्मीका दाइ थिए हाम्रो चिया खाने पत्रिका पढ्ने दिन काट्ने थलो भनेकै त्यही पसल थियो । साथी सँग भेट पछि चिया खाने निउमा त्यही पसलमा पुग्यौ   हामी ,उसले सोध्दै थियो कस्तो भयो आजको दिन ? मलाई राम्रो सँग कुरा गर्न पनि मन थिएन अगाडि थप्यो एउटा कुरा भन्छु मईंड  नगर, मैले हुन्छ मात्र भने, तिमीले फोन गर्ने बेला म खुसी सँग थिए त्यसैले हतार हतार फोन काटे ……