भारतीय मन्त्री स्मृति इरानीको संसदभित्रै अपमान - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतीय मन्त्री स्मृति इरानीको संसदभित्रै अपमान



एजेन्सी । महिला सुरक्षा र मर्यादाको विषयमा तीनचार दिनदेखि भारतीय संसद भित्र (लोकसभा) चर्को बहस भैरहेको देखिन्छ । तर शुक्रबार तिनै महिलाको अपमान भएको छ ।

लोकसभामा चर्को वातावरणको बीचमा केन्द्रीय महिला तथा बाल विकास मन्त्री स्मृति ईरानी सोही विषयमा जवाफ दिन तयार भैरहाँदा दुई काँग्रेसी सांसदले यस्तो कार्य गरे जसले संसदको कार्यवाही नै स्थगित गर्नुपर्‍यो ।

सदनमा महिला मन्त्रीको अपमान

वास्तवमा केरलाबाट जितेका सांसदहरु टीएन प्रतापन र डीन कुरियाकोसे महिला मन्त्री इरानीको उग्र रुपमा विरोध गरेका थिए ।

भाजपा सदस्यहरूले यसलाई महिला मन्त्रीको अपमान भएको भन्दै माफी माग्न माग गरेका छन् ।

केन्द्रीय संसदीय कार्यमन्त्री प्रल्हाद पटेलले ती दुई सांसदहरुले तत्काल माफी माग्नुपर्ने भन्दै लोकसभा अध्यक्षलाई दबाब दिएका थिए ।

उनले यदि ती दुवै सदस्यहरुले सदनभित्र माफी नमागे उनीहरूलाई तत्काल निलम्बन गर्न माग गरेका छन् ।