करिब चारसय घरलाई सोलार वितरण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

करिब चारसय घरलाई सोलार वितरण



कोहलपुर, (बाँके) माघ २७

लामो समयदेखि विद्युतीकरण हुन नसकेको बाँकेको बघौडा क्षेत्रका करिब चारसय घरलाई सोलार वितरण गरिएको छ । निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सरकारले अनुदान दिइएको सोलारमा पहिलो चरणमा साढे चारसय घरका लागि सोलार वितरण गरिएको जिल्ला विकास समिति बाँकेले जनाएको छ ।

सोलारबाट बत्ति बल्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् । यसअघि त्यहाँका स्थानीयहरु टुकी बाल्दै आएका थिए । १२ हजार मूल्य पर्ने सोलारमा १० हजार अनुदान दिएर स्थानीयवासीले रु दुई हजार तिरेपछि सोलार उपलब्ध गराइएको हो ।

बघौडाका नरैनापुर, लक्षमणपुर, गङ्गापुर, मटेहिया, कालाफाँटा र गङ्गापुरका करिब १० हजार घरमा सोलार जडान गरिने जिविसका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लले बताउनुभयो । रासस