साेलुखुम्बु: एक विदेशी पर्यटककाे मृत्यु, ७ बिरामी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

साेलुखुम्बु: एक विदेशी पर्यटककाे मृत्यु, ७ बिरामी



काठमाडौँ- सोलुखुम्बुमा एक केन्याली पर्यटकको मृत्यु भएको छ । ७ जना पर्यटक बिरामी परेका छन् ।

सोलुखुम्बु भ्रमणमा आएका ३३ वर्षीय गोविंद लखमनको मृत्यु भएको हो । गएको आइतबार माहाकुलुङ गाउँपालिका १, थाङ्नेस्थित ‘मेरा गेष्ट हाउस’मा बसेको अवस्थामा बिरामी भई उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटकसमेत बिरामी परेका छन् । मृतक र बिरामी सातैजना विदेशी पर्यकटसहित १ जना गाइडलाई उद्धार गरी आइतबार बिहान साढे ६ बजे कैलाश र एयर डाइनेस्टीको हेलीकोप्टरद्वारा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बिरामी लिएर उडेका हेलिकप्टर मौसम खराबीका कारण काठमाडौँ आउन सकेका छैन । हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको थियो ।