उच्च शिक्षाका लागि बिदेश पुगेकाहरुको प्रेमकथा 'गल्ति मेरो' दर्शकको रोझाईमा (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

उच्च शिक्षाका लागि बिदेश पुगेकाहरुको प्रेमकथा ‘गल्ति मेरो’ दर्शकको रोझाईमा (भिडियो सहित)



बैसाख,  २१ बैसाख

 

उच्च शिक्षाको लागि विदेश पुगेका नेपाली युवा–युवतीहरुको प्रेम जीवनलाई चित्रण गरिएको गायक शिव श्रेष्ठको स्वरको पप गीत ‘गल्ति मेरो…’ को म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ । यूट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतको अस्ट्रेलियामै छायांकन गरिएको भिडियोमा विदेश अध्ययन गर्न जाने युवा–युवतीहरुको प्रेम जीवन कुन गतितर्फ अघि बढिरहेको छ भन्ने कुरालाई दर्शाउन खोजिएको छ ।

चोखो माया गर्ने व्यक्तिलाई झुक्किएर पनि धोका दिनु हुन्न, कसैबाट धोका पाइयो भने कुलतमा फस्नुको साटो धोकालाई नै शक्तिमा परिवर्तन गर्न सक्यो भने भविष्य उज्वल बन्छ भन्ने सन्देश बोकेको उक्त भिडियोलाई अस्ट्रेलियामै बसोबास गर्ने निर्देशक तथा फोटोग्राफर सुरेन श्रेष्ठले निर्देशन गरेका हुन् । अस्ट्रेलियामा सुरेन्स फोटोग्राफीको नामले परिचित सुरेनद्वारा निर्देशित यो सातौं म्युजिक भिडियो हो ।

लम्जुङमा जन्मिएका गायक शिव श्रेष्ठको ‘गल्ति मेरो…’ गीतको म्युजिक भिडियोमा प्रस्तुत गरिएको कथावस्तुले विदेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको प्रेम जीवनलाई चित्रण गरेको हो । यही भिडियोमार्फत अजय तामाङले अभिनयमा डेब्यू गरेका छन् । अजयलाई रुबिना श्रेष्ठ तथा दिलिप पौडेलले अभिनयमा साथ दिएका छन् । भिडियोलाई टेक बयलकोटीले छायांकन गरेका हुन् भने सुदिप श्रेष्ठ यसका सम्पादक हुन् ।

विक्रमराज श्रेष्ठको शब्दको यो गीतमा अमिर श्रेष्ठको संगीत निर्देशन छ । ब्रिजेश श्रेष्ठ यो गीतका संगीत संयोजक हुन् ।

स्याट (एसएटी) इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोको नेप्कमम्स् सर्भिसले प्रायोजन गरेको छ । अस्ट्रेलियामा रहेका नेपाली कलाकार र निर्माण कम्पनीले अहिले नेपाली संगित बजारलाई बलियो बनाउन थालेको उक्त भिडियोको गुणस्तरताले देखाएको छ । हरेक भिडियोमा सामाजिक सन्देश दिंदै आएको स्याट प्रो इन्टरटेन्मेन्टको आठ महिनामा यो आठौं म्युजिक भिडियो हो । चार मिनेटको यो भिडियो हेर्दा छोटो चलचित्र हेरे जस्तै अनुभव गर्न सकिन्छ ।

– See more at: http://www.brtnepal.com/?p=17403#sthash.FWzmfNp1.dpuf