सोनाक्षी सिन्हा पक्राउ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सोनाक्षी सिन्हा पक्राउ



काठमाडौं । बलिउड नायिका सोनाक्षी सिन्हाको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा उनको हातमा हत्कडी लगाइरहेको देख्न सकिन्छ । भिडियोमा सोनाक्षीले आफूलाई यसरी पक्राउ गर्न नमिल्ने र आफूले केही गल्ती नगरेका कारण निर्दोष छु भनेर कराइरहेको सुन्न सकिन्छ ।

सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘तपाईंले मलाई यसरी पक्राउ गर्न सक्नुहुन्नँ । तपाईंलाई थाहा छ म को हुँ ? मैले केही गरेको छैन, म निर्दोष छु ।’ सोनाक्षीको यो भिडियोले उनका प्रशंसक अलमल्लमा परेका छन् । कतिले सोनाक्षीलाई पक्राउ गरेको कुरा अविश्वसनीय भएको बताइरहेका छन् भने कतिले यो सोनाक्षीको फिल्मको प्रमोशनको तरिका बताएका छन् ।

भिडियोको वास्तविकताबारे अहिलेसम्म केही जानकारी उपलब्ध छैन । सोनाक्षीको यो भिडियो सोसल मिडियामा भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन् ।

भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन । म चाँडै नै तपाईंहरुमाझ विस्तृत जानकारी साझा गर्छु ।’ कामको कुरा गर्ने हो भने सोनाक्षीको फिल्म खानदानी शफाखाना भर्खरै रिलिज भएको छ । फिल्ममा उनीबाहेक बादशाह र वरुण शर्मा थिए ।