स्वर्गद्वारी आश्रमलाई ‘षडानन्द राष्ट्रिय पुरस्कार’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

स्वर्गद्वारी आश्रमलाई ‘षडानन्द राष्ट्रिय पुरस्कार’



हिमाल पोष्ट / काठमाडौँ, १९ मङ्सिर । यस वर्षको ‘षडानन्द राष्ट्रिय पुरस्कार’ वैदिक संस्कृतिको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउँदै आएको स्वर्गद्वारी आश्रम, प्यूठानलाई प्रदान गरिएको छ ।

आवाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले आज षडानन्दको १८२औँ जन्मजयन्ती एवम् प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका उपलक्ष्यमा यहाँ आयोजना गरेको कार्यक्रममा वरिष्ठ इतिहासविद् प्राज्ञ ज्ञानमणि नेपालले उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो ।

स्वर्गद्वारी महाप्रभुद्वारा विसं १९५२ मा स्थापना गरिएको यज्ञभूमि र तपोभूमिका रूपमा रहेको स्वर्गद्वारी आश्रम नेपालकै पवित्र तीर्थस्थल मानिन्छ । पुरस्कारको राशि रु ५० हजार छ ।

सो अवसरमा पूर्वाञ्चलको बराहक्षेत्र, सुनसरीमा रहेर संस्कृतिको अध्ययन, अनुसन्धान र साहित्य सिर्जना गरी विशिष्ट योगदान पु¥याउनुहुने श्रीमान् बज्राचार्यलाई दण्डपाणि युवा कुमारी स्मृति षडानन्द पुरस्कार प्रदान गरियो । पुरस्कारको राशि रु २५ हजार छ ।

त्यस्तै, श्री शारदा उच्च माध्यमिक विद्यालय, देउराली, भोजपुरलाई षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार पनि प्रदान गरियो ।

विसं १९३२ मा भोजपुरको दिङ्लामा बालागुरु षडानन्द अधिकारीले खोल्नुभएको संस्कृत पाठशाला नेपालकै पहिलो पाठशाला हो । त्यसअघि गुरुकुल र घरघरमा हजुरबुबा एवम् बुबाबाट शिक्षा लिने परम्परा थियो ।

कार्यक्रममा संस्कृतिविद् जगमान गुरुङ, प्रतिष्ठानका अध्यक्ष प्रा लालनाथ सुवेदी लगायतका वक्ताले नेपालको शिक्षामा षडानन्दले पु¥याउनुभएको योगदानका विषयमा चर्चा गर्नुभयो । रासस