स्वर्गीय सुशील कोइरालाको योगदानलाई काँग्रेस र कांग्रेसीले भुल्दै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्वर्गीय सुशील कोइरालाको योगदानलाई काँग्रेस र कांग्रेसीले भुल्दै



कर्ण बहादुर अधिकारी।
खै काँहाबाट कुन शब्दले सुरूवाती गरू यी मेरो मनको मनोभावनाहरू मनलाई ग्रहुँगो बनाई नेपालको संविधानका पिता,नेपाली राजनीति इतिहासका हस्ति,राजनीतिका धरोहर,निष्ठावान व्यक्तित्वको धनी,पूर्व प्रधानमन्त्री,प्रजातन्त्रका सेनानी एवं नेपाली काँग्रेस पार्टीका पूर्व सभापति स्वर्गीय सुशील दाको प्रथम स्मृति दिवसमा स्वर्गीय कोइराला प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु।

ईस्वी संबत १९३९ सालको अगष्ट १२ तारिकका दिन बिराटनगर,मोरङमा बुबा बोध प्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट जन्म लिनु भएका सुशील कोइराला बाल्य अवस्था देखि नै नेपालको राजनीतिमा होमिनु भएको थियो।विक्रम संबत २००७ सालको प्रजातान्त्रिक आन्दोलन ताका यिनी ११ वर्षको मात्रै थिए।११ वर्षको कलिलो उमेरबाट नै उहाँ आन्दोलनमा काँग्रेस कार्यकर्ता बनी सामेल भएका थिए।२००७ सालमा प्रजातन्त्र आए पछि नेपाली जनताले शान्तिको लामो श्वास फेर्दै घर घरमा खुसीयाली मनाएका थिए तर यो खुसीलाई राजा महेन्द्रले धेरै वर्ष टिक्न दिएनन् प्रजातन्त्र माथि कुठाराघात गर्दै कु गरेर २०१७ सालमा एक दलीय निरङ्कुश शासन लागु गर्न पुगे।त्यस बेला प्रजातन्त्र प्रति आस्था राख्ने कयौ नेताहरूलाई जेल हालियो भने कयौले निर्वासको जीवन जिउनु पर्‍यो।त्यस मध्यका सुशील कोइराला पनि एक थिए।उहाँले आफ्नो जीवनमा ६ वर्ष जेल जीवन बिताए भने १६ वर्ष प्रवासमा जीवन जिउनु परेको थियो।

भारतमा रहदा नेपाली राजनीतिलाई त्यतिकै निरन्तरता दिँदै अगाडी बढेका थिए।बीपी कोइराला,गिरिजा प्रसाद कोइराला ,कृष्ण प्रसाद भट्टराई,गणेशमान जस्ता नेताहरूको समिपमा रही नेपालमा कसरी राजनीति परिवर्तन गर्ने बारे सोची रहन्थे।विक्रम संबत २०२७ साल पछि नेपालमा नेपाली काँग्रेसले सशस्त्र क्रान्ति गरी रहेको थियो त्यो अवस्थामा पार्टीलाई सहयोग गर्नु पर्छ भन्दै गिरिजा बाबुको आदेशमा विक्रम संबत २०३० सालमा नेपाल वायुसेवा निगमको जाहाज अपहरण गरी भारतको बिहार स्थित फारवेस गञ्जमा पुराई ३० लाख भारतीय रुपैयाँ लुट्न सफल भएका थिए।त्यो रकम नेपालमा भइरहेको नेपाली काँग्रेसको सशस्त्र आन्दोलनमा नै प्रयोग गरिएको थियो।उक्त समयमा तीन वर्ष सम्म सुशील कोइरालाले भारतमा कठिन यातना भोग्नु परेको थियो।

विक्रम संबत २०३४ साल पछि उहाँ नेपाली काँग्रेस पार्टीको केन्द्रीय सदस्य,महामन्त्री ,उपसभापति हुँदै विक्रम संबत २०६६ साल भाद्र महिनामा भएको नेपाली काँग्रेस पार्टीको सभापति जस्तो गरिमामय पद सम्हाल्न पुगेका थिए।राजनीति जीवनको कालखण्डमा स्वर्गीग गिरिजा प्रसाद कोइरालाको मातहातमा रहेर बफादार बनी काम गरी रहनु भएको थियो।नेपालको ठुला ठुला राजनीतिक आन्दोलनमा सधैँ सरिक हुन पुग्नुका साथै दिएको जिम्मेवारी पनि बहन गर्दथे।२०४६ सालमा ठुलो आन्दोलन भए पश्चात् पंचायती व्यवस्थाको अन्त्य साथै बहुदलीय व्यवस्थाको उदय हुन पुग्यो त्यस बखत बनेको प्रथम मन्त्री मण्डलमा परराष्ट्र मन्त्री दिदा पनि उहाँले कुनै लोभ गर्नु भएन।

सुशील दा विक्रम संबत २०४८ र विक्रम संबत २०५६ सालमा बाँके क्षेत्र नं २ बाट सांसद चुनावमा विजयी भएका थिए।सधैँ भरी नेपाल र नेपाली जनताको हितका लागि भन्दा भन्दै न त उहाँले जीवनमा विवाह गर्ने सोच बनाए न त धन सम्पति नै जोड्न जसरी सन्त नेता कृष्ण प्रसाद भट्टराईले आफ्नो जीवनमा देश र जनतालाई भन्दै त्याग गरेका थिए त्यसरी नै उहाँले पनि त्यागी बनी जनताको सेवामा जुटी रहनु भयो।विक्रम संबत २०६२/६३ सालको आन्दोलको समयमा कयौ नेपालीहरूले जीवनको बलिदानी दिए पछि राजतन्त्रको अन्त्य सँगै लोकतन्त्रको उदय भयो।यसरी राजतन्त्रको अन्त्य गराउन र लोकतन्त्रलाई ल्याउन गिरिजा बाबुको ठुलो देन छ। केही समय पश्चात् लोकतन्त्रलाई परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनियो। गिरिजा बाबु स्वर्गीय भए पछि संविधान बन्न र बनाउन निकै कठिन भयो।संविधान बनाउनका लागि खिलराज रेग्मी राष्ट्र अध्यक्ष भई २०७० साल मङ्सिर ४ गते संविधान सभाको चुनाव तोकियो र संविधान सभाको चुनाव सम्पन्न भयो।उक्त चुनावमा सुशील कोइरालाले बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट उमेदवारी दिनु भएको थियो भने दुवै क्षेत्रमा विजय पनि हासिल गरे।चुनावको परिणाम अनुसार नेपाली काँग्रेस पार्टी नेपालको १ नंम्वरको पार्टी बन्यो र सुशील कोइराला र नेपाली काँग्रेसको प्रमुख भूमिकामा नेकपा एमालेसंग सहकार्य गरी सरकार बन्ने भयो।सरकार गठन भयो।विक्रम संबत २०७० साल माघ २७ गते सुशील कोइराला नेपालको ३७ औँ प्रधानमन्त्री बन्न सफल हुनु भयो।प्रधान मन्त्री भई सके पछि सम्पति विवरण बुझाउदा उहाँसँग जम्मा ३ वटा मोबाइल सेट थिए जस मध्य २ वटाले काम गर्दैन थियो।यस्तो विवरण आउँदा विश्व जनसमुदाय माझ उहाँ विश्वकै गरिब प्रधान मन्त्री हुन भनी कहलिए।

प्रधान मन्त्री बन्नु भयो तर उहाँको काधमा थप जिम्मेवारी पनि थियो र समय पनि कठिन नै थियो।यो सरकारले जसरी भए पनि नेपाली जनताको चाहना अनरूपको संविधान नेपाली जनताले नै प्रतिनिधित्व गरी पठाएका प्रतिनिधिहरूले संविधान सभा मार्फत जारी गर्नु थियो।त्यसैले यस्तो जटिल अवस्थामा ४ ठुला राजनीति दलहरूसँग सहकार्य गर्दै २०७२ साल असोज ३ गते नेपाली जनताको चाहना अनुरूप जनताले नै प्रतिनिधित्व गरी पठाएका ९८प्रतिशत प्रतिनिधिको सहमतिमा संविधान जारी गर्न सफल हुनु भयो र २०७२ साल असोज २३ गते राजिनाम दिनु भयो।संविधान जारी गरे पश्चात् राष्ट्रपति जस्तो गरिमामय पदलाई त्यागी प्रजातान्त्रिक प्रणाली अनरूप फेरी प्रधान मन्त्रीमा उमेदवारी दिनु भयो उहाँलाई थाहा थियो प्रधान मन्त्रीमा हारिन्छ भनेर तर आफू हारेर पनि राष्ट्र र जनतालाई जिताई छाडे।किनकि संविधान जारी गरे पछि मदेशबादी दलहरूले संविधान नमान्ने भन्दै आन्दोलन गर्ने र संविधान जलाउन थाले पछि ती नेताहरूलाई संविधानको दायरामा ल्याउनका लागि यस्तो किसिमको रणनीति अपनाएका थिए यसमा उहाँ पास हुनु भयो मदेशबादी दलहरू संविधानलाई टेकेर चुनावमा सहभागी भए तर प्रधानमन्त्रीमा भने हार्नु भयो।

प्रधान मन्त्रीको हार सँगै उहाँ पार्टी भित्रको राजनीतिमा सक्रिय हुनु भयो।नेपाली काँग्रेसको आसन्न तेह्रौ माहाधिवेशनको पूर्व सन्ध्यामा मिति २०७२/१०/२५ गते सोमबारका दिन रातको १२:५० बजे श्वास प्रस्वाशमा समस्या आई उहाँको असामयिक निधनले सिङ्गो राष्ट्र र नेपाली काँग्रेस पार्टीलाई अतुल्नीय क्षेति पुर्यायो।आज स्वर्गीय कोइरालाले जारी गर्न सफल भएको संविधान लागु हुन नपाई संशोधनका विषयमा विवाद निकाली रहेका छन्।यदि नेपालका नेताहरूले राष्ट्रका हित सोच्ने हो भने सबै मिलेर संविधानमा देखिएको समस्याहरूलाई समाधान गर्दै अगाडी बढ्न सके राम्रो हुने थियो।नेपाली काँग्रेस पार्टी भित्रै पनि कोइरालाको देहान्त पश्चात् बिचलन आएको कुरा हामी नकार्न सक्दैनौ।के कोइराला खान्दानको अन्त्य सँगै काँग्रेस भित्र धमिरा लागेकै हो त? यो एकदमै गम्भीर कुरा सृजित भएको छ पार्टी पंक्ति भित्र त्यस कारण काँग्रेसका नेतृत्व पंक्ति देखि जन स्तर सम्मका नेता कार्यकर्ताले सुशील कोइरालाको योगदानलाई कदर गर्दै अगाडी बढ्नु पर्दछ भन्ने मान्यता राख्दछु।