१६ दिनसम्म गरिने सोह्रश्राद्ध आज देखि सुरु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

१६ दिनसम्म गरिने सोह्रश्राद्ध आज देखि सुरु



आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्श्राद्ध आजदेखि सुरु भएको छ ।

प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना मातापिताको निधन भएको हो, सोही दिन सोह्श्राद्ध गर्ने गरिन्छ ।

आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।

यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । ठूला पर्व दशैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्श्राद्ध गरिने धर्मशास्त्रीविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।