आज नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आज नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल



२९ साउन, काठमाडौं । विश्व क्रिकेट लिग (डब्लुसिएल)को शीर्ष चार स्थानमा पुग्ने लक्ष्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पाैने ३ बजे हुनेछ ।

नेदरल्याण्ड्स भ्रमणमा रहेको नेपालले आर्मस्टेलभिनमा दुईवटा एकदिवसीय खेल खेल्नेछ । यसअघि एकदिवसीयमा नेपाल र नेदरल्याण्ड्स दुईपटक आमनेसामने भएका छन् ।

२०१४ मा न्युजिल्याण्डमा भएको विश्वकप छनोट प्रतियोगितामा नेदरल्याण्ड्स ७ विकेटले विजयी भएको थियो भने एक वर्षपछि नामिबियामा भएको आईसीसी विश्व कि्रकेट लिग डिभिजन २ मा नेपाल २ विकेटको जित निकाल्न सफल भएको थियो ।

आठ टोलीसम्मिलित विश्व क्रिकेट लिगमा नेपाल अहिले  नेपाल चार अंकका साथ छैंटौ स्थानमा छ भने नेदरल्याण्ड्स १० अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

नेपाली टोलीले नेरल्याण्ड्स जानु अघि इंग्ल्याण्डमा तयारी गरेको छ । इंग्ल्याण्डमा रहँदा नेपाली टोलीले त्यहाँका स्थानीय टिमसँग पाँच वटा अभ्यास खेल खेलेको थियो र सबैमा जितेको थियो ।

यो जित र तयारीले नेपाली टोलीको मनोबल केही बलियो बनाएको छ । कप्तान पारस खड्काले नेदरल्याण्ड्स राम्रो टोली भएकाले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा राम्रो गर्नु पर्ने बताएका छन् । उनले आफूहरुले तयारी गरेको बताएका छन् ।